काठमाडौं – जुवा खेलिरहेको ठाउँबाट प्रहरीले दुई प्रहरी हवल्दारसहित २५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठडमौंको गौशालास्थित विजयचोकबाट उनीहरु पक्रउ परेका हुन् ।
पक्राउ पर्ने प्रहरीहरुमा केन्द्रीय प्रहरी अनुसन्धान व्युरो दरबन्दी भइ हाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा कार्यरत हवल्दार मनराज तामाङ र दिल कुमार तामाङ रहेका छन् । पक्राउ पर्नेमा ४ जना महिलासमेत रहेका रहेका छन् ।
विजय चोकमा मधु भट्टराईको घरमा जोरपाटीका हेमन्त राईले जुवाको खाल सञ्चालन गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारी उनीहरुलाई पक्राउ गरेको थियो ।
प्रहरीले खालबाट साढे आठ लाख नगदहित १६ थान कौडा बरामद गरेको छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...