आमाको हत्या गरेको आरोपमा वडा प्रहरी कार्यालय लमहीले एक जनालाई पक्राउ गरेको छ । लमही नगरपालीका वडा नं. ८ अर्नहवा निवासी ७० बषिर्य मंगलादेवी रावतको हत्या गरेको आरोपमा उनका छोरा विमललाई प्रहरीले पक्राउ गरेको हो ।
चैत ७ गते वेलुका घरमा विरामी अवस्थामा रहेकी आमा मंगलादेवी रावतलाई लठ्ठी र ईट्टाले हानेर घाइते वनाएर रावत ससुराली हिडेका थिए । प्रहरीले सैघा गाविसको वडा नं. ८ मिठानवाट आमाको हत्या गरेको आरोपमा रावतलाई पक्राउ गरेको हो ।
छोराको कुटाइवाट आमाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रेम बहादुर खड्काले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको छ ।
कम्मर मुनीको भाग प्यारालाईसीस भएकी आमालाई छोराले मदीरा सेवन गर्दै कुट्पीट गरेर घाइते वनाएको खवर छिमेकीले प्रहरीलाई खवर गरेका थिए । शुक्रवार प्रहरीले घाईते मंगलवादेवीको उपचारकालागी प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा लगेको थियो ।
तर, स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारकालागी घोराही उपक्षेत्रिय अस्पताल पुर्याएको थियो । उपक्षेत्रिय अस्पताल घोराहीमा शुक्रवारनै उपचारका क्रममा मंगलादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतको शव उपक्षेत्रिय अस्पताल घोराहीमा राखिएको छ । मंगलादेवीका तिन छोरा थिए । जस मध्य एकको यस अघि नै मृत्यु भइसकेको थियो । एक छोरा गढवा ईट्टा भट्टामा काम गर्छन् । अर्का एकसँग वस्दै आएकी थिइन ।



0 comments
प्रतिक्रिया दिनुहोस्...