-->
यौनसम्पर्क गरेको अश्लिल तस्बिर खिचेर फेसबुकमार्फत मानसिक यातना दिने पक्राउ
Advertisement

Niraj-Kumar-Chaudhari-Baba-From-Hetaudaकाठमाडौँ–सामाजिक सञ्जाल फेसबुक मार्फत चरित्र हत्या गरेको अभियोगमा हेटौँडा उपमहानगरपालिका बस्ने निरजबाबा उपनामले चिनिने निरजकुमार चौधरीलाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरीले आज पक्राउ गरेको छ ।

वैदेशिक रोजगारका सिलसिलामा साउदी अरबमा रहेका चौधरी फेसबुकमार्फत एक युवतीलाई साथी बनाएपछि जागिर छाडी काठमाडौँ आएका थिए । काठमाडौँ आएपछि ती युवतीलाई एक होटलमा लगी नसालु पदार्थ खुवाई अश्लील तस्बिर खिंचेर सोही तस्बिर फेसबुक मार्फत पीडितलगायत फेसबुकका साथीलाई पठाई मानसिक पीडा दिने कार्यमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

उनले पीडितलाई कहीँकतै उजुरी गरे भौतिक कारबाही गर्ने जनाउँदै पटकपटक फोनमार्फत धम्क्याउँदै आएका थिए । उनले पीडितलाई विभिन्न ठाउँमा बोलाई आफूसँग यौनसम्पर्क राख्न पनि दबाब दिँदै आएको अनुसन्धानबाट खुल्न आएको छ । अभियुक्त चौधरीलाई मकवानपुर, हेटौँडास्थित बुद्धचोकबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरेर थप अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.