-->
एक वर्षदेखि किन अघि बढ्न सकेको छैन तामाकोसी जलविद्युत्त आयोजना ?
Advertisement

tamakoshi (2)-001

दोलखा – राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत्त आयोजनाको काम झन्डै एक वर्षयता रोकिएको छ । भूकम्पपछि रोकिएको पुनर्निर्माण अझै सुचारु हुन नसकेको हो ।

प्रसारण लाइनको बाटो खुले पनि इन्धन र आयोजना सम्मको सडक बन्न नसक्दा आयोजना अलपत्र परेको छ ।

स्थानीय राजनीतिक अगुवा पहलमान तामाङले सबै तिरको उदासीनताले आयोजना अगाडि बढ्न नसकेको बताए । ‘भूकम्पपछि आयोजनालाई हेला भावले हेरियो,’ उनले भने, ‘सरकार र आयोजना स्वयंले प्राथमिकतामा राख्ने जमर्को गरेनन् । कर्मचारीहरु काममा फर्केका छैनन ।’ मन्त्रिपरिषद्ले अनिर्णयको बन्दी बनेको प्रसारण लाइन विस्तारका लागि रुख कटानको बाटो खुलाएको छ । अझै आयोजनास्थल जोड्ने सडक मर्मत भने फलामको चिउरा बनेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.