-->
प्रधानमन्त्री ओली चीनबाट नफर्किँदै भारतीय राजदूतावासमा बन्यो ‘खतरनाक’ प्लान
Advertisement

काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको साताव्यापी चीन भ्रमण जारी रहेका बेला काठमाडौंस्थित भारतीय राजदूतावासले आफ्नो सक्रियता बढाएको छ ।
ओलीको भ्रमणमा भारतलाई अप्ठेरोपर्ने गरी चीनसँग सम्झौताहरु भएको भनेर दिल्लीबाट प्रतिक्रिया आइरहेका बेला काठमाडौंमा भारतीय राजदूतावासले सक्रियता बढाएको हो ।
ओली चीनमा रहेका बेला भारतीय राजदूत रञ्जीत रेले विभिन्न नेताहरुसँग भेटवार्ता र परामर्श गरिरहेका छन् । यसैक्रममा होलीको मौका पारेर रेले तराईमा आन्दोलनरत मधेसवादी दलका नेतालाई बोलाएका छन् ।
विहीबार लैनचौरस्थित भारतीय दूतावासमा होली शुभकामना कार्यक्रमको आयोजना गरी राजदूत रेले मधेसी मोर्चाका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।
त्यस क्रममा उनले मधेसी मोर्चाले वैशाखदेखि गर्न लागेको पूर्वघोषित आन्दोलनमा सहयोग गर्ने संकेत गरेका छन् । ‘होलीको शुभकामना दिन हामीलाई भारतीय राजदूतले बोलाउनुभएको थियो । त्यहाँ मधेस आन्दोलन, ओली सरकारबारे छलफल भयो । उहाँले तपाईहरुको धारणा के भन्नुभयो । हामीले वैशाखदेखि आन्दोलन गर्न तयारी गरेको जानकारी गरायौं । उनले ल ठिक छ । म र भारतले गर्नसक्ने सहयोग गर्छ भन्नुभयो,’ छलफलमा सहभागी मोर्चाका एक नेताले भने ।
उनका अनुसार आन्दोलन सुरु गर भन्ने संकेत दिँदै रेले त्यसमा भारतको साथ समर्थन र शुभेच्छा जतिबेला पनि रहन्छ भनेको बताए । उनले ओली सरकार परिवर्तनबारे पनि सामान्य छलफल भएको भन्दै मधेसको समस्या समाधानमा भएका प्रगतिबारे राजदूतले विशेष चाँसो राखेको बताए ।
राजदूत रेलाई भेट्न नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो लगायत १० जनाको टोली लैनचौरस्थित भारतीय दूतावास पुगेको थियो । दैनिक नेपाल बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.