-->
दलितकी छोरीसङ्ग क्षेत्रीको छोराको मागी विवाह !!!
Advertisement

सइयापुरका २१ वर्षीय सुकलाल विष्टले आफ्नै गाउँकी दलित समुदायकी युवतीसँग मागी विवाह गरेका छन् । विष्टले दुबैतर्फका अभिभावकको सहमतिमा आफ्नै गाउँकी नरमति विकलाई जीवनसाथी बनाएका हुन्। अभिभावकको सहमतिमा आफ्नै गाउँकी नरमती विकसँग मागी विवाह गरेका हुन् । छोरी माग्न आएका विष्ट परिवारलाई नरमतिका बुबा मतीलाल र आमा दिलकुमारीले छोरीले भविष्यमा दुःख पाउने कुरामा शंका व्यक्त गर्दै प्रश्न गरेका थिए। छोराले रोजेकी केटी माग्न गएका दुर्गाबहादु विष्ट र मिनाकुमारी विष्टसँग विक परिवार भविष्यमा छोरीले दुःख नपाओस भन्दै सजिलै विवाहका लागि राजी भएका थिए। धुमधामसँग भएको विवाह भोज खान अधिकांश गाउँले पनि विष्टको घरमा पुगेका थिए। विष्ट स्थानीय उच्च माविमा कक्षा ११ मा अध्ययनरत छन् भने विकले भर्खरै एसएलसी परीक्षा दिएकी छिन्। बिहे गरेपछि सुकलाल र नरमतिले प्रोत्साहन रकम माग्दै बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिएपछि दलित र क्षेत्रीबीच मागी बिबाहले मान्यता पाएको हो। जिल्ला प्रशासन कार्यालय बाँकेका नायब सुब्बा केशव पौडेलले दलित र गैरदलित बीचको अन्तरजातीय विवाहलाई प्रोत्साहन स्वरुप सरकारले एक लाख रुपैयाँ दिने व्यवस्था रहेको बताए। पौडेलका अनुसार गत तीन आर्थिक वर्षमा अन्तरजातीय विवाह गरेका ३१ जोडीले प्रोत्साहन रकम पाउनका लागि प्रशासनमा लिखित निवेदन दिएका छन्।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.