बारा: शुक्रबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एउटा रात्रिबस पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको निजगढस्थित लालबकैया खोलाको पुलमा पुगेपछि अचानक अड्कियो ।
तीब्रगतिमा रहेको ना३ख ५६९१ नम्बरको ३५ यात्रु बोकेर तीब्रगतिमा गुडिरहेको बसको अगाडिको स्प्रिङ पत्ता भाँचिएपछि अचानक पुलको रेलिङतर्फ गएर ठोक्कियो ।
पश्चिमतर्फ गइरहेको बस स्प्रिङ पत्ता भाँचिएपछि नियन्त्रण गुमाएको बस पुलमा हालिएको रेलिङमा गएर ठोक्कियो ।
रेलिङलाई भत्काउँदै खोलातर्फ खस्न लागेको बसको अगाडिको टायर र केही भाग खोलातर्फ झरिसकेको थियो । प्रहरीका अनुसार ड्राईभरले समयमै बुद्धि पुर्याउँदा बस खोलामा झर्न सकेन र ठूलो दुर्घटनाबाट जोगियो ।
बस खोलातर्प झर्नेगरि रेलिङमा गएर झुन्डिएपछि यात्रुबीच कोलाहल मच्चिएको थियो । पुलको बीचमा तेर्सो परेर बस अड्किएपछि पूर्व-पश्चिम राजमार्गमा पाँच घन्टासम्म यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बस पुलको रेलिङमा झुन्डिएपछि त्यहाँबाट यात्रुलाई सुरक्षाकर्मीको टोलीले उद्धार गरेका थिए । बस खोलामा खसेको भए ठूलो हताहतकी सम्भावना रहेको प्रत्यक्षदर्शकीले बताएका छन् ।
पुलमा बस अड्किएपछि कतिपय अन्य यात्रुवाहक सवारीसाधनले शनिबार बिहानसम्म रुट परिवर्तन गरेर गन्तब्यतर्फ जान बाध्य भएका थिए ।
अन्नपूर्ण पोस्ट्बाट



0 comments
प्रतिक्रिया दिनुहोस्...