बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनावतको विवाद प्रकरण यतिबेला बलिउडमा सबैभन्दा चर्चामा छ। कंगनाले ऋतिकलाई आफ्नो पूर्व प्रेमी बताएपछि उब्जिएको विवाद यतिबेला दुवै एक–अर्कालाई मानसिक रोगीको आरोप लगाउनेसम्म पुगेको छ।
यही विवादकाबीच उनीहरुले एक–अर्कालाई पठाएको कानुनी पत्रबाट उनीहरुको निजि कुराहरु सार्वजनिक हुन थालेका छन्। ऋतिकले यसलाई आफ्नो मानहानीको रूपमा व्याख्या गरेका छन् कंगनाले ऋतिकले मेल र फोनको माध्यमबाट उनको पछाडी लागेको आरोपसँगै इमेलसमेत ह्याक गरेको आरोप लगाएकी छिन्।
यसरी उनीहरुबीच वाकयुद्ध चलिरहँदा कंगनाका वकिल रिजवान सिद्धिकीले ऋतिकलाई १० वर्ष जेलसजाय हुन सक्ने बताएका छन्। ऋतिकले अश्लिलजन्य मानिने कुराहरु सार्वजनिक गरेकाले कंगनाले ऋतिकलाई आइपिसीको धारा ६७ अनुसार १० वर्ष जेल सजाय दिलाउन सक्ने वकिल सिद्धिकीको भनाई छ।
यसका अलावा कंगनाले ऋतिकलाई धारा चार सय ९९ र पाँच सयअनुसार ‘मानहानीको आरोप लगाएपछिको सजाय’ र धारा पाँच सय ६ अनुसार ‘महिलालाई लान्छना लगाएको’ र ‘आपराधिक रुपमा धम्क्याएको’ भन्दै थप सजायको पनि माग गर्न सक्ने वकिल सिद्धिकीले बताएका छन्।
Setopati बाट



0 comments
प्रतिक्रिया दिनुहोस्...