-->
बेइजिङको कार्यक्रम सकेर प्रम ओली सान्यामा
Advertisement

काठमाडौँ– चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बेइजिङका महत्वपूर्ण कार्यक्रम सकेर सान्या सहर पुगे ।

प्रधानमन्त्री ओली बुधबार साँझ सान्या पुगेको भ्रमण दलका सदस्य प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार निरू पालले जानकारी दिइन् ।

प्रधामन्त्री ओलीले बिहीबार सान्यास्थित ‘बोआओ फोरम’ मा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली सान्या प्रस्थान गर्नुअघि नेपाल र चीनबीच १५ बुँदे संयुक्त विज्ञप्ति जारी भएको थियो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.