काठमाडौं – दक्षिण एसियाली मुलुकमध्ये बालविवाह गर्ने मुलुकमा नेपाल तेस्रो नम्बरमा परेको छ । सबैभन्दा धेरै बालविवाह हुने मुलुकका रुपमा बंगलादेश पहिलो र भारत दोस्रो नम्बरमा परेको छ ।
‘बालविवाह अन्त्य गर्ने उद्देश्यका साथ काठमाडौंमा सम्पन्न भएको अस्ट्रेलियन नियोग सहयोग तथा जनसंख्या तथा विकासका लागि दक्षिण एसियाका सांसद्हरुको मञ्च एएफपीपीडीले जारी गरेको घोषणापत्रमा यो तथ्यांक सार्वजनिक भएको हो ।
राजधानीमा बुधबार आयोजित कार्यक्रममा एघारबुँदे घोषणापत्र जारी गर्दै एएफपीपीडीका अध्यक्ष मिका मरुमोटोले बालविवाह अन्त्य गर्न घोषणापत्र सबै मुलुकले कार्यान्वयन गर्नुपर्ने बताइन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...