-->
पाँच विमानमा बम रहेकाे फाेनपछि सुरक्षा सतर्कता उच्च
Advertisement

नयाँ दिल्ली–बुधबार भारतको जेट एयरवेजका पाँच वटा विमानमा 'बम' भएको सूचना सार्वजनिक भएपछि विमानस्थलमा आतंक सृजना भएको छ। भारतीय संचारमाध्यमहरुका अनुसार जुन विमानमा बम भएको सूचना आयो तीमध्ये चार वटा विमानले उडन भरेका थिए। बम भएको सूचना पाएपछि चारैवटा विमानलाई आपतकालीन अवतरण गराइएको थियो। 

संचारमाध्यमहरुका अनुसार गोरखपुर, चण्डिगढ, देहरादुन र चेन्नईका विमानस्थलमा बम रहेको सूचना फोनमार्फत आएको थियो। फोन आएपछि ती विमानस्थलमा भागदौड मच्चिएको थियो। बम रहेको सूचना पछि सुरक्षाकर्मीले विमानस्थललाई आफ्नो नियन्त्रणमा लिइ खान तलासी गरेका थिए। बम रहेको बताएका कुनै पनि विमानमा बम फेला नपरेपछि नियमित उडान सुरु भएको संचारमाध्यमले उल्लेख गरेका छन्।

बम रहेको सूचना दिनेले जेट एयरवेजको चण्डिगढबाट दिल्लीलागि उडान भरेको विमानमा बम भएको बताएका थिए। विमानस्थलमा बम रहेको हल्लापछि सबै विमानस्थलको सुरक्षा व्यवस्था निकै कडा पारिएको संचारमाध्यमले जनाएका छन्। योसँगै मेट्रो स्टेशनसहित देशका सबै प्रमुख इलाकामा सुरक्षा व्यवस्था कडा पारिएको संचारमाध्यमले जनाएका छन्।

गृहमन्त्रालयले देशका मुख्य स्थानमा सुरक्षा सतर्कता बढाउन राज्य सरकारलाई अलर्ट जारीगरेको छ। ब्रसेल्समा आतंककारी आक्रमणपछि अमेरिका, फ्रान्स, बेलायतसहित विश्वका अधिकंश मुलुकले विमानस्थल, मेट्रो स्टेशनलगायतका स्थानमा उच्च सुरक्षा व्यवस्था अपनाएका छन्।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.