-->
नयाँ संविधान ऐतिहासिक प्रगति : चीन
Advertisement

काठमाडौं- चीनले नेपालमा जारी संविधान राजनीतिक विकासक्रमको दिशामा 'ऐतिहासिक प्रगति' भन्दै स्वागत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका सिलसिलामा बुधबार जारी (१५ बुँदे) संयुक्त वक्तव्यमा उक्त अवसरलाई नेपालले राजनीतिक स्थायित्व र आर्थिक उन्नयनका लागि उपयोग गर्ने आशा व्यक्त गरिएको छ। 

दुवै मुलुक सुधार, रुपान्तरण र विकासका विभिन्न चरणबाट गुजि्ररहेको तथ्य स्विकार्दै दुवै प्ाक्षले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको र दुवै मुलुकका सामु विकास र समृद्धिका थप अवसर रहेको वक्तव्यमा उल्लेख छ।

दुवै पक्ष दुवै मुलुक र मुलुकवासीको समानता र साझा हित प्रवर्द्धन हुने किसिमले परम्परागत मित्रतालाई अंगीकार गर्दै अघि बढाउन र सहयोग गहन बनाउन सहमत भएको साझा विज्ञप्तिमा जनाइएको छ।

दुवै मुलुकले एकअर्काको सार्वभौमिकता भूअखण्डताको सम्मान, एकअर्काको सरोकार, हितको सम्मान र अङ्गिकार गर्ने दृढ प्रतिबद्धतालाई दोहोर्यावएका छन्।

नेपाली पक्षले 'एक चीन' नीतिप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्यााउँदै आफ्नो मुलुकको सार्वभौमिकता, राष्ट्रिय एकता र भूअखण्डताका लागि चिनियाँ पक्षले गर्दै आएका प्रयासको समर्थनमा दृढतापूर्वक उभिएको बताएको छ।
चीन सरकार भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई सघाउन सन् २०१६ देखि सन् २०१८ सम्मका लागि ३ अर्ब आरएमबी अनुदान सहायता उपलब्ध गराउन सहमत भएको छ।
पूर्वाधार निर्माण गर्ने, उत्तरी नेपालको भूकम्प प्रभावित क्षेत्रका जन



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.