-->
देउवालाई रोक्न कांग्रेसभित्रै ठूलो खेल
Advertisement

काठमाडौं, १७ चैत । नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाको मार्गमा अवरोध पैदा गर्ने र भाग खोज्ने राजनीतिक अभ्यासको थालनी भएको छ ।
महाधिवेशन (तेह्रौँ) सम्म साठी र चालीस प्रतिशत भागबन्डा गर्ने परम्पराविरुद्ध बलियो आवाज उठाउँदै आउनुभएका नेता रामचन्द्र पौडेलले नै भागबन्डाको राजनीति पुनस्र्थापित गर्ने भूमिका निर्वाह गर्नुलाई पार्टीमा अस्वभाविक र अशोभनीयमानिएको छ ।
सुशील कोइरालाको निधनपछि रिक्त हुन आएको संसदीय दलको नेता पद विगत डेढ महिनादेखि पूर्ति हुन नसक्दा राज्य सञ्चालन प्रक्रियामा पार्टीको भूमिका शून्य बराबर हुन पुगेको छ ।
संसदको सबैभन्दा ठूलो दल जो प्रमुख प्रतिपक्षको भूमिकामा छ, उसैले डेढ महिनादेखि दलको नेता चयन गर्न नसक्नुलाई आश्चर्यजनक मानिएको छ । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।
यही कुरालाई दृष्टिगत गरी पार्टी सभापति शेरबहादुर देउवाले तत्काल दलको नेता चयन गर्ने तत्परता लिनुभएको हो । तर, रामचन्द्र पौडेल र उहाँका समर्थक केही संसदले भने विधान संशोधन गरेर मात्र दलको नेता चयन हुनुपर्ने अत्तो थापेका छन् ।
स्वयं पार्टी सभापति देउवा पनि विधान संशोधन तत्काल गर्ने पक्षमा हुनुहुन्छ र कार्यसमितिको निर्वाचन गराउनुअघि विधान संशोधन गर्नु उपयुक्त हुने भएकोले निर्वाचन समितिले दलको नेताको चुनावपछि मात्र कार्यसमितिको निर्वाचन गर्ने निर्णय लिएको छ ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.