-->
एमाले बैठक: ओलीमाथि यस्तो गम्भिर आरोप, नेताहरुबीच चर्काचर्की
Advertisement

बुधबार, १७ चैत
काठमाडौ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको साटो गुट चलाएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आरोप लगाएपछि नेताहरुबीच चर्काचर्की भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको एमाले स्थायी समिति बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलगायतले अध्यक्ष ओलीले गुटबन्दी गरेको भन्दै आक्रोश पोखेका थिए ।
पार्टी चलाउने जिम्मा पाएपनि अध्यक्षले गुटमात्र चलाएको भन्दै सचिव भट्टराईले आलोचना गरेका थिए।
उपमहासचिव भुसालले सत्ता र शक्तिको दुरुपयोग गरेर गुट भेला गरेको भन्दै आपत्ति गरेको भन्दै आक्रोश प्रकट गरेको जानकरी स्रातले दिएको छ ।
मदन भण्डारी प्रतिष्ठानका नाउँमा हालै राजधानीमा भएको भेलाप्रति पनि उनले असन्तुष्टि प्रकट गरे । आजको अन्नपुर्णमा समाचार छ।
nepalsandesh


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.