-->
ओबामाको क्युवा भ्रमणपछि फिडेल क्यास्ट्रोको यस्तो कडा पत्र
Advertisement

मंगलबार, १६ चैत
एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाको क्युवा भ्रमणप्रति क्युवाका पूर्वराष्ट्रपति तथा चर्चित नेता फिडेल क्यास्ट्रोले कडा प्रतिक्रिया जनाएका छन् ।
उनले अमेरिकालाई साम्राज्यवादको संज्ञा दिँदै क्युवालाई साम्राज्यवादको कुनै सहयोगको जरुरी नरहेको टिप्पणी गरेका छन् ।
उनले लेखेको एउटा लामो पत्र त्यहाँको सरकारी पत्रिकामा छापिएको छ । ८९ वर्षीय क्यास्ट्रोले एक दशकअघि नै आफ्ना भाई राउल क्यास्ट्रोलाई सत्ता सुम्पिसकेका छन् ।
पत्रमा उनले अमेरिकी राष्ट्रपति ओबामाको मेलमिलापको कुरालाई चाकडीको संज्ञा दिँदै यसले क्युवाका जनतालाई हृदयघात हुनसक्ने टिप्पणी गरेका छन् । ओबामाले आगामी दिनमा शीतयुद्धका अवशेषहरुलाई पुर्दै जानुपर्ने बताएका थिए ।
करिब १५ सय शब्दको पत्रमा फिडेल क्यास्ट्रोले १९६१ को बे अफ पिक्स इनवेजनको स्मरण गराएका छन् । त्यसबेला सीआईएको समर्थन प्राप्त क्युवाको अर्धसैनिक बलले यो द्घिप कब्जाको प्रयास गरेको नियो ।
क्यास्ट्रोले ओबामाले क्युवाको राजनीतिका बारेमा नीति विकसित गर्ने कोसिस नगरेको बताएका छन् । उनले क्युवामाथि लगाइरहेको आर्थिक नाकाबन्दी तत्काल हटाउन पनि माग गरेका छन् ।
क्युवामाथि अमेरिकाले सन् १९५४ देखि आर्थिक नाकाबन्दी लगाउँदै आएको छ । यसलाई अमेरिकी संसदको निर्णयले मात्रै हटाउन सकिन्छ । क्युवामा १९५९ मा भएको कम्युनिष्ट क्रान्तिपछि कुनैपनि अमेरिकी राष्ट्रपतिले गरेको यो पहिलो भ्रमण थियो । ओबामा गत साता क्युवाको भ्रमणमा गएका थिए ।
nepalsandesh


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.