-->
मौसम खराब भएपछि राजकुमार ह्यारी फर्किएनन्
Advertisement

गोरखा, १६ चैत । उत्तरी गोरखाको लापु–३ स्थित प्रभातकिरण माध्यमिक विद्यालयको भवन पुनःनिर्माणमा विगत चार दिनदेखि श्रमदान गर्दै आउनुभएका बेलायतका राजकुमार ह्यारी सोमबार राजधानी फर्कने कार्यक्रम भए पनि मौसममा आएको खराबीले गर्दा राजधानी फर्कन पाउनुभएन ।
लापु गाविस क्षेत्रमा दुई दिनदेखि राम्रोसँग घाम नलागेको र सोमबार दिउँसोदेखि हावाहुरीसहित वर्षा भएकाले हेलिकोप्टर उडानमा समस्या देखिएको हो । राजकुमार ह्यारी हेलिकोप्टर चढेर राजधानी फर्कने कार्यक्रम थियो ।
विद्यालयका प्रधानाध्यापक जीव गुरुङका अनुसार राजकुमार ह्यारीले पुनःनिर्माणको काम पनि गर्न पाउनु भएन । कक्षा ८ का विद्यार्थीसँग भेटघाट गर्नुभएका उहाँले पठनपाठनमा देखिएको समस्याबारे सोधखोज गर्नुभयो ।
साथै, ह्यारीले शिक्षक र विद्यार्थीसँग सामूहिक फोटो खिचाउनुभएको छ । “हावाहुरीले गर्दा उहाँले सोमबार स्कुल बनाउन पाउनुभएन”, गुरुङले टेलिफोनमा भन्नुभयो । सम्भवतः आज ह्यारी राजधानी फर्कने स्रोतको भनाइ छ । गत बिहीबार उहाँ सोतिबजारसम्म गाडी चढेर जानुभएको थियो । ह्यारी त्यसपछि तीन घन्टा पैदल हिँडेर लापुबेँसी पुग्नुभएको थियो ।
उहाँले ढुङ्गा, काठ बोकेर भूकम्पले भत्काएको विद्यालय पुनःनिर्माणमा सघाउनुभएको हो । नेपाल भ्रमणको थपिएको छ दिन पनि सकिएको छ ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.