-->
चालकको गम्भीर गल्तीका कारण ६२ जनाकै ज्यान जाने गरी विमान दुर्घटना भएको पुष्टि
Advertisement

रसिया, रसियामा शनिबार भएको फ्लाइदुबईको विमान दुर्घटना चालकको मानवीय गल्ती भएको सो विमान दुर्घटनाको अनुसन्धानमा रहेका अनुसन्धानकर्ताले पुष्टि गरेका छन् ।
सो दुर्घटनामा परी त्यसमा सवार सबै ६२ जनाकै ज्यान गएको उक्त एयरलाइन्सले पुष्टि गरेको छ ।
शनिबार बिहान रसियाली दक्षिणी सहर रोस्तोभ ओन दन विमानस्थलमा सो विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।
उक्त विमानमा ५५ जना यात्रु र सात चालक दलका सदस्य रहेका थिए । विभिन्न नौ वटा राष्ट्रका नागरिक सो दुर्घटनामा मारिएका बताइएको छ । मारिएका व्यक्तिहरुमा ४५ जना रसियाली नागरिक रहेका पुष्टि गरिएको छ । News24Nepal.com बाट



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.