-->
विद्यार्थीलाई फेसबुक चलाउने शिक्षा
Advertisement

पाँचथर–पछिल्ला दिनमा फेसबुकसँग जोडिएका विभिन्न अपराधिक घटना सार्वजनिक भइरहेका छन्। फेसबुकको चिनजानले यौन शोषण र हत्या जस्ता डरलाग्दा घटना पनि भइरहेका छन्। दिनानु दिन ठगी, अन्य अपराध, धम्की, अश्लिल सामाग्री पोष्ट, पासवर्ड चोरीलगायतका घटना आहिरेका छन्। समाजिक सञ्जालको गलत प्रयोग हुँदा प्रहरीलाई यस्ता घटना अनुसन्धानका लागि टाउको दुखाइ बनिरहेको छ। 

यही बेला जिल्ला प्रहरी कार्यालय पाँचथरले जिल्लाका पाँच हजार विद्यार्थीलाई फेसबुक चलाउने शिक्षा दिएको छ। ग्रामीण तहसम्म मोवाइल ठाटा तथा वाईफाईसमेत सञ्चालन गरी फेसबुक चलाउने क्रम बढेपछि फेसबुकबाट हुने अपराधबाट जोगिनलाई विद्यार्थीलाई सचेतना जगाउने काम अघि बढाइएको छ। जिल्लाका क्याम्पस, उच्च मावि र माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सचेतना पूर्वक फेसकुक चलाउने, सवाधानी पूर्वक कसरी फेसकुक ? चलाउने भन्ने बारेमा सचेत गराइएको छ। पाँच महिनाको अवधिमा पाँच हजार विद्यार्थीलाई सचेत गराइएको बताइएको छ।

पाँचथरका प्रहरी प्रमुख डिएसपी कृष्णप्रसाद कोइराला आफैंले कोर्स बनाएर विद्यार्थीलाई फेसबुक शिक्षा दिइरहेका छन्। यहाँका क्याम्पस, उच्च मावि र मावि गरी ३२ विद्यालयमा फेसबुक शिक्षा दिइसकिएको कोइरालाल बताए।
'टिनएजको अवस्थाका विद्यार्थीको ध्यान अरु तिर नबरालियोस् भन्नेर सचेत गराईरहेका छौँ,' उनले भने, 'फेसबुकजस्ता समाजिक सञ्जालवाट अपराध न्यूनिकरणकालागि सचेतना जगाउने काम भएको छ। विद्यालय तहबाट विद्यार्थी सचेत हुनसके सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ।' उनले कोर्ष नै बनाएर विद्यार्थीलाई शिक्षा दिएको बताए। 'जिल्ला भरका कक्षा दशदेखि क्याम्पस तहसम्मका विद्यार्थीलाई सचेत गराउने योजना रहेको छ। गाँउ गाँउमा फेसबुक चलाउनेको संख्या बढेसँगै यसबाट हुनसक्ने गलत क्रियाकलाप यो अभियानले रोक्न सघाउ पुग्छ भन्ने लागेको छ,' उनले भने।'


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.