-->
नयाँ संविधानले मुलुक स्थिर हुँदैनः बाबुराम
Advertisement

नेपालगन्ज: नयाँशक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टाराईले नयाँ बनेको संविधानले मुलुकलाई स्थिरता नदिने बताएका छन् ।
 
नयाँशक्ति नेपालले नेपालगन्जमा आयोजना गरेको अन्तरक्रियामा नेता भट्टराईले नयाँ संविधानले केही आधार मात्र तयार गरेको बताए । ‘अहिलेको संविधानले स्थिरता दिँदैन, केही आधार तयार मात्र गरेको छ’, उनले भने’, उनले भने, ‘संविधानलाई पुर्ण बनाउन धेरै संशोधन गर्नुपर्ने बताए ।’ 

उनले संविधानमार्फत आएको संघीयतासमेत अपूर्ण रहेको बताए । उनले संघीयताको सम्बन्धमा पुनर्विचार गर्नु गर्ने बताए ।  

संविधान निर्माणका लागि  बनेको तत्कालिन राजनीतिक संवाद समितिका सभापति समेत रहेका डा. भट्राईले संघीयताको मर्म विपरित आएको संविधानमार्फत प्रदेशको निर्माण भएको बताए । 
 
उनले सामथ्र्य ४  र पहिचानको  ५ आधारमा संघीयताको निर्माण हुनपर्नेमा जोड दिए । प्रदेश नम्बर ५ मा पहाडी जिल्ला राख्ने काम गलत भएको उनले बताए । मधेस प्रदेश र मगरहरु छुट्याइएको भन्दै त्यसको समेत विरोध गरे । 
 
‘यो प्रदेश ५ नम्बरमा पहाडी जिल्ला राख्ने काम मिलेको छैन’, उनले भने, ‘यो थारुहरुको खिलाप छ ।’ उनले  प्रदेश नम्बर ५ बाट पहाडी जिल्ला हटाउनुपर्ने बताए । 

उनले प्रचण्डको नेतृत्वमा मुलुकको सम्भव नदेखेपछि आफुले नयाँशक्तिको निर्माण गरेका बताए । 

पुराना शक्तिले भत्काउन मात्र जानेको बताउदै नयाँ निर्माणको नयाँ पार्टी चाहिने बताए । ‘प्रचण्डबाट रुपान्तरण सम्भव छैन’, उनले भने, ‘प्रचण्डबाट मात्र होइन पुराना पार्टी बाट नयाँ कामको सम्भवना छैन, त्यसैले नयाँशक्ति चाहिएको हो । 

उनले  मुुलुकमा अर्को माओवादी जन्माउन नयाँ पार्टीको परिकल्पना नगरिएको बताए । ‘अर्को माओवादीको आवश्यकता छैन’, उनले भने, ‘छोटो अवधिमा मुलुकलाई समृद्ध बनाउन नयाँ पार्टीको आवश्यकता भएको हो ।’

उनले दुई अंकको आर्थिक बृद्धि गरि मुलुकलाई १०÷१५ वर्षभित्र समृद्ध बनाउन नयाँ पार्टीको गठन हुन लागेको बताए । 

नेपालले भारत र चीन दुवै मुलकसँग गतिशील पुलको सम्बन्ध राख्नुपर्ने उनले बताए । ‘भारत वा चीनसँग जोरी खोजेर हामीलाई फाइदा हँुदैन’, उनले भने, ‘दुबै छिमेकीबीचमा गतिशील पुलको व्यवहारले मात्रै फाइदा हुन्छ ।’

चीनबाट आउने रेल भारतसम्म पुर्याउनु पर्ने उनले बताए । भारत र चीन दुवै देशलाई खुसी पारेर फाइदा लिनु नै मुलकको हितमा हुने बताए । 
 
सो अन्तक्रियामा नयाँ शक्तिका नेता देवेन्द्र पौडेल,  राजनीतिक विष्लेशक मुमाराम खनाल, जनजाती नेता पासाङ शेर्पा, केशव दाहाल, मुक्ती प्रधान, सुरेन्द्र चौधरी, यमुना भुषाल लगायतले बोलेका थिए । 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.