-->
होली मनाउन बाबुराम करिश्मा निवासमा
Advertisement

अभिनेत्री करिश्मा मानन्धरले वर्षौंदेखि ललितपुरको गोदावरीस्थित आफ्नै घरमा होली मनाउँदै आएकी छिन्। यस वर्ष पति विनोद मानन्धरको जन्मदिन पनि परेकाले अघिल्ला वर्षको तुलनामा उनको होली केही फरक रह्यो।

अझ फरक त यसकारण पनि रह्यो कि पति विनोद जन्मदिनको केक काट्न पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पाहुना बनेर उनको घरमा पुगे। जन्मदिनको केक भट्टराईले नै काट्ने भनेर दुई बजेको समय छुट्याइएको थियो। भट्टराई दुई बजे नै पुगे।  

हालै मात्र ‘नयाँ शक्ति’ बाट राजनीतिमा प्रवेश गरेकी करिश्मा भट्टराई आइपुगेको जानकारी पाएपछि भट्टराईलाई स्वागत गर्न रङको भाँडो बोकेर गेटमा आइपुगिन्। भट्टराईले टीका मात्र लगाइदिन अनुरोध गरेपछि करिश्माले टीका मात्रै लगाइदिइन्। भट्टराईले भने करिश्माको गालातिर पनि रङ दलिदिए। 

त्यसपछि अन्य फिल्मकर्मीले पनि भट्टराईलाई टीका लगाएइदिए।

भट्टराई भित्र छिरे, जहाँ बिहानैदेखि फिल्मकर्मीहरु होली मनाइरहेका थिए। उनले फिल्मकर्मीसँग केहीबेर फोटो खिचे र मानन्धरको जन्मदिनको केक काटे, खुवाए र शुभकामना दिए। उनी आफूले पनि विनोदको हातबाट थोरै केक खाए ।

होलीमा सबै आगन्तुकका लागि खानपानको व्यवस्था गरिएपनि करिब २० मिनेट बिताएका भट्टराईले भने केही खाएनन्।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.