-->
अहिले सम्म सेक्स अनुभव छैनः नायिका तथा मोडल सगुन शाही
Advertisement

सय भन्दा बढी म्यूजिक भिडियो तथा दुई चलचित्रमा अभिनय गरिसकेकी अहिले की चल्तिकी मोडल एवम् नायिका सगुन शाही ठकुरीसँग नेपाली चलचित्र क्षेत्र र उनको कला क्षेत्रको बारेमा नेपालपाटी डटकमले गरेको कुराकानीः
Sagun Sahi
के गर्दै हुनुहुन्छ ?
म्यूजिक भिडियोमा अभिनय गरिरहेको छु साथै पढाइलाई पनि निरन्तरता दिँदैछु ।
कतिवटा म्यूजिक भिडियोमा काम गर्ने मौका पाउनु भयो ?
मैले त्यस्तै सय वटा म्यूजिक भिडियोमा काम गरेँ होला । दुई वटा चलचित्रमा पनि अभिनय गरिसकेकी छु ।
कुन तहमा अध्ययन गर्दै हुनुहुन्छ ?
कक्षा १२ मा अध्ययन गर्दैछु ।
पढ्दा पढ्दै किन यो क्षेत्र रोज्नु भयो ?
सानैदेखि यो क्षेत्रमा केही गर्छु भन्ने लागेको थियो । स्कूल पढ्दा नै कार्यक्रमहरुमा भाग लिन्थे, सरहरुले तिम्रो नृत्य, अभिनय क्षमता राम्रो छ । तिमीले राम्रो गर्न सक्छ्यौ, भनेर हौसला दिइरहनु हुन्थ्यो । पछि काठमाडौँ आए पछि सिनियर दाइहरुसँग भेट भयो र उहाँहरुको प्रेरणाले नै म यो क्षेत्रमा लागेकी हुँ ।
कला क्षेत्रमा लागेर के गर्ने सोच राख्नु भएको छ ?
एउटा राम्रो कलाकारको रुपमा स्थापित हुने रहर छ, हेरौँ दर्शकहरुले कत्तिको माया गर्नु हुन्छ । अहिले सम्म त मनपराइराख्नु भएको छ ।
नेपाली कला क्षेत्रमा सगुन शाहीको कत्तिको आवश्यकता छ ?
मानिसहरुमा भिन्न भिन्न कला हुन्छ त्यही कला प्रस्तुत गरेर उ अगाडि बढ्ने हो । म कलाकारहरुको भीडमै हराउन चाहन्न । आफूसँग भएको क्षमतालाई सही र सन्तुलित ढंगले उजागर गर्दा एक दिन पक्कै स्थापित हुन्छु । त्यसकारण नेपाली कला क्षेत्रमा मेरो आवश्यकता नहुने कुरै भएन ।
नेपाली कला क्षेत्रको अवस्था कस्तो छ अहिले ?
राम्रो छ भनेर भन्न सकिने अवस्था छैन । तर पहिलाको भन्दा केही सुधारको अवस्था देखिन्छ । नयाँ– नयाँ कलाकारहरुको आगमन पनि भैरहेको छ । यही क्षेत्रमा भविष्य देखेर आउनेहरु पनि हुनुहुन्छ । त्यसकारणले गर्दा यो क्षेत्र विस्तारै उँभो लाग्दैछ ।
म्यूजिक भिडियो हेर्ने, चलचित्र हेर्न हल सम्म जाने नेपाली दर्शकहरुको संख्या कत्तिको बढेको छ ?
विस्तारै त्यो संख्यामा पनि बृद्धि हुँदैछ । नेपाली फिल्म के हेर्नु भन्ने तथा पर्दामा म्यूजिक भिडियो आउने वित्तकै मुन्टो बटार्ने दर्शकहरु विस्तारै नेपाली म्यूजिक भिडियो र चलचित्रतर्फ आकर्षित हुन थालेको पाएका छौँ ।
Sagun Sahi
कलाकार भएर बाँच्ने अवस्था बनेको छ की छैन?
त्यो चाँही बनिसकेको छैन । म्यूजिक भिडियो, चलचित्रमा लगानी गर्नेहरुले जेनतेन लगानी उठाउन सके पनि मुनाफा आर्जन गर्ने अवस्था बनिनसकेको कारणले कलाकारहरु यही मात्र पेशाले बाँच्न गाह्रो छ ।
म्यूजिक भिडियोमा काम गरिरहेका मोडलहरुलाई फिल्म खेलाई दिन्छु भन्दै यौन शोषण गर्नेहरु पनि छन् रे नी कलाक्षेत्रमा ?
त्यस्तो मैले पनि सुनेको हो । तर म आफैँलाई भने त्यस्तो परेको छैन । त्यो कुरा चाँही व्यक्तिमा पनि निर्भर पर्छ जस्तो लाग्छ । कलाकार बन्नका लागि रहर मात्र भएर हुँदैन, यस सम्बन्धि धेरै कुराहरु बुझ्नु, सिक्नु र जान्नु आवश्यक हुन्छ । त्यसकारण कलाकार बन्नका लागि जे पनि गर्नेहरुनै शोषणमा पर्छन् होला ।
ठूदो पर्दामा पनि खेल्दै हुनुहुन्छ रे नी ?
हो । म ‘मेरो मान्छे’ मा काम गर्दै छु । यही १७ गते देखि उक्त चलचित्रको छायांकन हुँदैछ ।
तपाईँको पहिलो चलचित्र किन त्यही सफल बन्न सकेन ?
म पनि नयाँ थिएँ । चलचित्रको समग्र टीमनै नयाँ भएकाले सोचे जती राम्रो हुन सकेन । यद्यपी त्यस चलचित्रले लगानी भने उठाउन सकेको थियो ।
कला क्षेत्रमा कोबाट बढी प्रभावित हुनुहुन्छ ?
मलाई बलिउड नायिका कट्रिना कैफ र नायक सलमान खानको अभिनय र लुक्स अत्यन्तै मन पर्छ ।
राम्री हुनुहुँदो रहेछ, प्रेम प्रस्ताव पनि आउँछ होला नी ?
आउँछ । म अहिले कला क्षेत्रमा केही गर्छु भन्ने सोच बोकेर अघि बढिरहेकाले त्यतातिर त्यती ध्यान दिएको छैन ।
बास्तवमा प्रेम चाँही के रहेछ ?
यो दुई आत्माको मिलन हो । प्रेम भएन भने त संसार चल्नै सक्तैन नी ।
सेक्स चाँही के हो त?
सेक्स प्राकृतिक चिज हो यो जसलाई पनि आवश्यक पर्दछ ।
तपाईँ आफूलेचाँही अनुभव गर्नु भयो कि छैन ?
छैन छैन (हाँस्दै) । अहिले नै अनुभव गर्ने कुरा पनि भएन नी ।
अन्त्यमा केही भन्नु छ की ?
आम दर्शकहरुलाई नेपाली चलचित्र हेरिदिनुहोस् र मलाई पनि मायाँ गरिदिनुहोस् भन्न चाहन्छु ।
- अनलाइन समाचार


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.