चैत १० |
बर्दिबास–श्रीमानले परपुरुषसँग होली खेलेको आक्रोशमा कुटपीट गरेपछि महोत्तरीमा एक महिला सोमबार इनारमा हाम फालेकी छन् ।
यहाँस्थित बिजलपुरा ९ की कौशिला देवी महतो श्रीमानले अरुसँग होली खेलेको भन्दै कुटपीट गरेपछि घर नजिकैको इनारमा हाम फालेकी हुन् ।
कान्छा भनिने श्रीमान घनश्याम महतोले कौशिला देवीलाई बुधबार अरुसंग रंग खेलेको कुटपीट गरेको र सो सहन नसकेर उनी ६० फिट गहिरो इनारमा हाम फालेकी हाथिलेट प्रहरी चौकीले जनाएको छ ।
यद्यपी स्थानीयले उनलाई घाइते अवस्थामा जिवितै उद्दार गर्न सफल भएका छन् । नारमा हामफालेकी उनलाई गाउँलेले डोरीको सहरामा १५ मिनेट भित्रै उद्दार गरेका थिए ।
हात्तिलेट चौकीका असई दिपबहादुर बस्नेतले उनलाई बर्दिबासस्थित शुभ स्वस्ति हस्पिटलका उपचारको लागि पठाएको जानकारी दिए । उनका अनुसार महिलाको शरीरमा गहिरो चोट लागेको छ ।
आफुसंग पहिलो होली नखेलेर अरुसंग होली खेलेको भन्दै मदिरा सेवन गरेका घनश्यामले श्रीमति कुटेका स्थानीयवासिन्दाहरुले बताएका छन् ।
स्थानीय बिजलपुरा ९ का छठु महतो र बिजलपुरा ४ का दिलिप महतोले कौशिलालाई रंग लगाइ दिएका थिए । दिलिपले भाउजु भएकाले आफूले उनीसँग होली खेलेको बताउँदै यस्तो घटना हुन पुग्दा दुःख लागेको बताए ।
प्रहरीले दोषी छाड्दा आक्रोश
घटनापछि घनश्यामलाई हात्तिलेट प्रहरी चोकीले नियन्त्रणमा लिएको थियो । तर, प्रहरीले उनलाई त्यत्तिकै छाडेको छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...