-->
यस्तो प्रश्न सोधेपछि सन्नीले कसिन् पत्रकारलाई झापड
Advertisement

एजेन्सी ,बलिउड अभिनेत्री सन्नी लियोनीले एक पत्रकारलाई झापड हानेकी छन्। उनले भारतको गुजरात राज्यको सुरत सहरमा आयोजित एक होली कार्यक्रममा टिभी पत्रकारलाई झापड लगाएकी हुन्। टिभी पत्रकारले गलत प्रकारको प्रश्न सोधेको भन्दै सन्नीले पिटेको भार्तीय पत्रिका 'मिड डे' दैनिकले जनाएको छ।

'मिड डे'का  अनुसार होटलको लबीमा अन्तरवार्ता दिइरहेकी सन्नीलाई एक पत्रकारले सन्नीको 'रातको कार्यक्रमको चार्जको कति हो' भनेर सोधेपछि क्षुब्ध हुँदै सन्नीले झापड हानेकी हुन्।

घटनाको बारेमा सन्नीका पतिले ड्यानियलले यस्तो प्रतिक्रिया दिएका छन्,'सन्नीले पत्रकारलाई चाहिने उपयूक्त उत्तर दिइसकेकाले पुलिसमा हामी कुनै उजुरी गर्दैछैनौं।' 

ड्यानियलले अब फेरि गुजरात आउनुअघि सन्नीले हजारपटक सोचेरमात्र निर्णय गर्ने बताएको 'डेल्ली मेल'ले उल्लेख गरेको छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.