विश्वकै सबैभन्दा लामो हवाइजहाज हुने भनिएको ‘एयरल्याण्डर १०’ का तस्विरहरु जारी गरिएको छ। यसले हालसम्म आफ्नो पहिलो उडान भने भरेका छैन।
३०२ फिट अर्थात् ९२ मिटर लामो यो विमान हालको विश्वकै सबैभन्दा लामो विमान एयरबस ३८० भन्दा १८ मिटर लामो छ। बेलायतको ब्रेडफर्डशायरमा गत ९ वर्षदेसख यो विमान बनाउने काम भइरहेको थियो। आउँदो सोमबार यो पूर्णरुपमा तयार हुने र पहिलोपटक उडाइने बताइएको छ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार 'एयरल्याण्डर १०' बनाउन करिब ३०० करोड रुपैयाँ लागत लागेको छ। यो विमान हावामा एकै ठाउँमा तीन हप्तासम्म रहन सक्ने र गोलिका कारण प्वाल परेपनि उड्न सक्छ। यसको तौल २० हजार किलो छ र यो १४८ किमी प्रतिघण्टाको रफ्तारमा उड्नेछ।


0 comments
प्रतिक्रिया दिनुहोस्...