-->
यस्तो खतरनाक प्रेमः जहाँ युवतीले प्रेमीको मुटु नै झिकिन, अदालतले दियो फाँसी
Advertisement

एजेन्सी । प्रेममा जे पनि गरिन्छ भन्ने भनाईलाई बंगलादेशको एउटा प्रेम सम्बन्धले पुष्टि गरिदिएको छ ।
बंगलादेशको खुलना भन्ने ठाउँमा यथार्थ मै युवतीले आफ्ना प्रेमीको शरीरबाट मुटु नै झिकेकी छिन् । फिल्मी डाइलग र युवती पट्याउन पुरुषहरुले छाति चिरेर नै मनमा कति माया छ भनेर देखाउँछु भन्ने गरेको भएपनि यहाँ त युवतीले यथार्थ मै आफ्ना प्रेमीको छाति चिरेर मुटु नै झिकेकी हुन् ।
प्रेममा पागल भएर छाति चिरेर मुटु नै झिक्दा प्रेमीको तत्कालै मृत्यु भएको छ । प्रेममा पागल यी युवतीलाई अदालतले मृत्युदण्डको सजायँ सुनाएको छ । प्रहरीले अदालतमा भनेको छ कि युवतीमा प्रेमको नशा यति चढ्यो कि उनले मुटु झिकेपछि प्रेमीको घाटी समेत रेटिदिइन् ।

यी युवतीको उमेर २१ वर्ष मात्रै भएको छ । नाम हो फातिमा अख्तर सोनाली । उनको इमदादुल हक नामका युवकसँग प्रेमसम्बन्ध थियो । उनी इमदादुलबाट माया चाहन्थिन जसका कारण उनले प्रेमीसँग पटक पटक शारीरिक सम्पर्क पनि राखेकी थिइन् । तर, इमदादुलले उनीसँग सम्बन्ध राखेको अश्लील भिडियो बनाएका थिए । फातिमाले इमदादुलसँग विहे गर्ने प्रस्ताव राखिन तर, इमदाखुलले अस्वीकार गरे ।
सबै सुम्पिदा पनि विहे गर्न अस्वीकार गरेपछि यही कुराले उनलाई आक्रोशित बनायो । त्यसपछि उनले प्रेमी इमदादुललाई आफ्नो घर बोलाइन र जुसमा निद्रा लाग्ने गोली मिलाएर उनलाई पिलाइन् । जब इमदादुल बेहोस भए तब फातिमाले खुकुरीले पहिला छाति चिरेर मुटु बाहिर निकालिन फेरि उनको घाटी रेटिन ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.