एजेन्सी: भारतको उतर प्रदेशस्थित सहारनपुर जिल्लामा एक व्यक्तिले आफ्नी नवविवाहिता पत्नीलाई दाइजो कम ल्याएको भन्दै घरको छतबाट फ्यालिदिएका छन् ।
छतबाट फ्यालिएपछि नवविवाहित दुलही गम्भीर घाइते भएकी छन् । पुलिसले यो घटनालाई दर्ता गराएर काराबाही अघि बढाएको छ । यो घटना उत्तरप्रदेशको सहारनपुरको चिलकाना टोलमा भएको हो । त्यहाँ रहँदै आएका अंकित शर्माको बिहे एक महिना पहिले पूजा नामक युवतीसँग भएको थियो ।
पूजाका माइतीले आफ्नो हैसियत अनुसार केटापक्षलाई सकेसम्म दाइजो दिएका थिए । तर अंकित र उनका परिवारले अझै बढी दाइजो अपेक्षा गरिएको थियो ।
अपर पुलिस अधीक्षक (ग्रामीण) जगदीश शर्माले चिलकानामा बस्ने अंकितले बिहेको एक हप्तादेखि नै पूजामाथि हिंसा ग्न थालेका थिए ।
दाइजो कम ल्याएको विवाद चलिरहेका बेला अंकितले पूजालाई मंगलबार साँझ घरको छतमा बोलाएका थिए । छतमा आएकी पूजालाई अंकितले तानेर धकेलिदिएपछि उनी गम्भीर घाइते भइन्।
पूजा छतबाट सिधै जमीनमा बजारिन पुगिन् । आसपासका बासिन्दाले यो घटना देख्नेबित्तिकै पुलिसलाई सूचना दिए । घटना लगत्तै पूजालाई उपचारका लागि सहारनपुर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । उतको अवस्था चिन्ताजनक रहेको छ ।
एएसपी शर्माले बताए अनुसार घटनापछि पूजाका आमा सरस्वती देवीले चिलकाना प्रहरीमा रिपोर्ट दर्ता गराएकी छन् ।
उनले पुलिसलाई बताए अनुसार बिहेफछि अंकित र उनका परिवारले थप दाइजोका लागि प्रताडित गर्न थालेका थिए । अंकितका परिवारले पूजाका माइतीसँग कार पनि दाइजोमा दिनुपर्ने माग गरेका थिए । जुन मागलाई पूरा गर्न नसक्दा पूजाले मृत्युको मुखमा पुग्नु परेको हो ।
पुलिस अधिकारीका अनुसार दाइजो तथा पूजाको हत्या प्रयासबारे पीडित परिवारले उजुरी दिएपछि छानबिन थालिएको छ ।
घटनापछि पूजाका पति र परिवारका अन्य सदस्यहरु सबै फरार रहेका छन् । पुलिसले फरारहरुको खोजीलाई तीब्र पारेको छ ।annapurnapost



0 comments
प्रतिक्रिया दिनुहोस्...