-->
सरकारद्वारा आउँदो वर्ष २०७३ सालको क्यालेण्डर पारित
Advertisement

सरकारले आउँदो वर्ष २०७३ सालको क्यालेण्डर पारित गरेको छ । आउँदो वर्ष ५२ वटा शनिबार सहित ८६ दिन सार्वजनिक बिदा हुने भएको छ ।
२०७३ सालमा पनि अघिल्ला वर्षहरुके बराबरीमा सार्वजनिक बिदा हुने भएको हो । अबदेखि वैशाख ११ गते लोकतन्त्र दिवसको बिदा नहुने गृह मन्त्रालयले जनाएको छ । तर आउँदो वर्ष २०७३ को वैशाख ११ गते भने शनिबार परेको छ । त्यो दिन लोकतन्त्र दिवसको नभएर शनिबारको बिदा हुनेछ । जेठ १५ को गणतन्त्र दिवस र फागुन ७ को प्रजातन्त्र दिवसको बिदा पनि असोज ३ गते गाभ्नेबारे छलफल भएपनि यसबारे अहिलेलाई लोकतन्त्र दिवसको बिदा मात्र कट्टा गरिएको हो । यस्तै, सरकारले फाल्गुनन्द जयन्तीको दिन किराँत समुदायलाई सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । किराँत समुदायले हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाउने गर्छन् । अबदेखि क्रिसमस डे को दिन क्रिश्चियन धर्मावलम्बीले मात्र बिदा पाउने गृह मन्त्रालयले जनाएको छ ।
यसैगरी, झापा जिल्लामा होलीको बिदा अघिल्लो दिन पर्ने भएको छ । यसअघि तराईमा मनाइने होलीको दिन झापामा बिदा दिने गरिएकोमा अब पहाडको होलीको दिन अरु पहाडी जिल्लामा जस्तै झापामा पनि सार्वजनिक बिदा हुने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार होलीको बेला पहाड र तराईमा दुई दिन नभई एकै दिन बिदा दिने तयारी पनि भएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.