काठमाडौं, १८ चैत । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले एकैदिन विहीबार प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोनबाट सम्पर्क गरेका छन् ।
टेलिफोनमा सभापति देउवाले अध्यादेशमार्फत उच्च अदालतको न्यायाधिश नियुक्त गर्न लागिएको जानकारी पाएको भन्दै त्यसप्रति आपत्ति प्रकट गर्नु भएको छ ।
विहीबार सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोनमार्फत कुनै पनि खालको अध्यादेश आफ्नो पार्टीलाई मान्य नहुने बताउनुभयो ।
नेपाल सरकारले पुनरावेदन अदालतलाई उच्च अदालत कायम गरी उच्च अदालतका न्यायाधिशहरुको नियुक्ति गर्ने प्रयोजनका लागि अध्यादेश ल्याउने तयारी गरेपछि देउवाले ओलीलाई फोन गरी अध्यादेश ल्याउने काम तत्काल रोक्न अनुरोध गर्नुभएको हो ।
सभापति देउवाले यस्तो कार्य संसदमा प्रमुख प्रतिपक्ष दलको रुपमा रहेको प्रमुख पार्टी नेपाली कांग्रेसलाई मान्य नहुने बताउनुभयो ।
आजै सभापति देउवाले सत्तारुढ दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत टेलिफोन गरी अध्यादेश प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गर्नु भएको सहयोगी भानु देउवाले जानकारी दिनुभयो ।
नेपालको संविधान २०७२ लाईनै संशोधन गर्ने गरी नेपाल सरकारले न्याय प्रशासन ऐन २०४८ संशोधन अध्यादेश ल्याउने तयारीको सूचना पाएपछि सभापति देउवाले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई टेलिफोन गर्नुभएको हो ।



0 comments
प्रतिक्रिया दिनुहोस्...