हातमा लालपुर्जा भएर पनि जग्गा बागमती नदीमा पारिएपछि जोरपाटीका स्थानीयवासी न्याय माग्न संगठित बनेका छन् । सरकारको मातहतमा रहेका निकायले जनताको निजी सम्पत्ति हडपेपछि कि त जग्गा देउ नभए मु्आव्जा देऊ भन्ने माग लिएर स्थानीयवासी संगठित बनेका छन् ।जोरपाटी गोठाटार क्षेत्रका बागमती दायाँबायाँका जनता यो समस्यामा परेको दशकौं बिते पनि समस्या समाधान हुन सकेको छैन । पीडित किसानले बुधबार काठमाडौं ३ बाट निर्वाचित सांसद रामेश्वर फुँयालसँग छलफल गरी जग्गा वा मुआव्जाको माग सरकारका सम्बन्धित निकायमा पुर्याइदिन आग्रह गरे । विसं २०५३ मा सरकारले गुहृयेश्वरीबाट गोकर्णसम्मको बागमती नदी किनारमा फोहर थुपारेपछि बागमतीको दायाँबायाँ बगैँचासहितको सठडक बनाउने भनी खेत गिरिरहेको लालपुर्जा भएको जग्गा कव्जा गरेको स्थानीयवासीको गुनासो छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...