-->
काठमाडौं फर्किएर प्रधानमन्त्रीले फुलाए गर्वको छाती
Advertisement

काठमाडौं, १४ चैत । साताव्यापी चीन भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कनुभएको छ ।
स्वदेश फर्र्किएलगत्तै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण पूर्ण सफल भएको बताउनुभएको छ । उहाँले भ्रमणका क्रममा चीनसँग पारवहनलगायत महत्वपूर्ण सहमति र सम्झौता भएको बताउनुभयो । उहाँले भ्रमणका क्रममा चीनको उल्लेख्य सहयोग जुटाउनसमेत सफल भएको दाबी गर्नुभयो ।
चीनमा रहँदा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछयाङलगायत उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुभएको थियो । उहाँले चीनका विभिन्न प्रान्त र शहरहरुको अवलोकन भ्रमणसमेत गर्नुभएको थियो ।
विमानस्थलमा प्रधानमन्त्री ओलीलाई सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायत अन्य उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसद, एमालेका नेता तथा उच्च सरकारी अधिकारीहरुले स्वागत गरेका छन् । प्रधानमन्त्री ओली चैत ७ गते चीन जानुभएको थियो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.