-->
हिन्दु धर्म र ‘बेबीकिङ’ राख्न बैँककमा गोप्य सहमति भएकै हो ?
Advertisement

काठमाडौं, १५ चैत । पश्चिमा राष्ट्र र विशेष गरेर क्रिश्चियन धर्म चाहनेहरूको दबाबमा परेर नेपाललाई धर्मनिरपेक्ष बनाइएको विषयमा दिन प्रतिदिन असन्तुष्टि आउने क्रम जारी छ ।
असन्तुष्टि तीब्र भइरहेका बेला विभिन्न दलका ठूला नेताहरूले पनि ‘जनताले चाहे मुलुक हिन्दु राष्ट्र र राजसंस्था आउन सक्छ’ भनेर अभिव्यक्ति दिन थालेका छन् । यसले गर्दा फेरि एक पटक हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा माहोल बन्दै आएको हिन्दु धर्मलम्बी र राजसंस्थाका पक्षधरहरूले बताउने गरेका छन् ।
मुलुकलाई हिन्दु राष्ट्र बनाउन कै लागि पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आफ्नो बैँकक भ्रमणका बेला भारतीय र चिनियाँ पक्षसँग परामर्श गरेको स्रोतको भनाइ छ । त्यस बेला हिन्दु राष्ट्र बनाइ बेबीकिङको तयारी भएको स्रोतको दाबी छ ।
२०६२/६३ मा गणतन्त्रको लागि जनआन्दोलनको नेतृत्व गरेका शीर्ष नेताहरूले नै अहिले राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा बोल्नुले हालको शासन व्यबस्था परिवर्तन हुने त होइन भन्ने आशंका उब्जाइ दिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहका साथै भारत र चीनका प्रतिनिधिबीच गोप्य भेटवार्ता र तयारीले पनि मुलुकलाई हिन्दु राष्ट्रतर्फ अग्रसर बनाएको एक नेताले बताए ।
पूर्व राजा ज्ञानेन्द्र शाहले थाइल्याण्डमा गरेको गोप्य बैठकमा राजसंसथालाई स्थान दिँदै बेबीकिङ राख्ने सहमति भएको स्रोतहरूको दाबी छ । तर यसलाई पुष्टि हुने गरेर केही कुरा बाहिर आएका छैनन् ।
जनआन्दोलनको सफलता पश्चात गणतन्त्रको नाममा देशमा रहेका ९ सय ४५ सनातन धर्मालम्वीको भावनासँग खेलवाड गरेको हिन्दु धर्मालम्बीहरूले बताउँदै आएका छन् ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.