-->
आजदेखि राष्ट्रिय ज्योतिष सम्मेलन सुरु
Advertisement

सोमबार, १५ चैत
इटहरी। नेपाल ज्योतिष परिषद्को चौधाै राष्ट्रिय सम्मेलन सुनसरी जिल्लाको इटहरीमा आजदेखि सुरु हुने भएको छ ।
सम्मेलन विश्व ज्योतिष परिषद् महासङ्घका लागि ऐतिहासिक हुने विश्वास गरिएको छ ।
सम्मेलनका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पोख्रेलले पूर्वी नेपालका केन्द्रबिन्दुका रुपमा रहेको इटहरीमा हुन लागेको ज्योतिष परिषद्को सम्मेलनले विश्व ज्योतिष परिषद्का केन्द्रीय कार्यालय नेपालमा राख्ने विषयको समेत निचोड निकाल्ने भएकाले यो सम्मेलन ज्यादै उपलब्धिमूलक र ऐतिहासिक हुने बताए ।
नेपालका उच्च हिमशृङ्खला ऋषिमुनिको तपोभूमि रहनुका साथै विभिन्न देवदेवीको समेत बसोबास भूमि रहेकाले पनि बराहक्षेत्र पिण्डेश्वर शिवालय विष्णुपादुका विजयपुरगढी आदिका कारणले पनि इटहरीमा हुन लागेको ज्योषितको सम्मेलन ज्यादै महत्वपूर्ण हुने डा पोख्रलेको भनाइ रहेको छ ।
भारतबाट समेत प्रतिनिधि र पर्यवेक्षक गरी ५०० बढी ज्योतिषको उपस्थिति रहने सम्मेलनले विश्व ज्योतिष महासङ्घ स्थापनालाई मूर्तरुप दिइने छ ।
nepalsandesh


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.