महलमा बसि पजेरो मा रम्दै तीन पुस्तालाई पुग्ने अकुत संम्पती जोडि, आफुलाई जनताको नेता हुँ भन्नेहरुको कमि छैन हाम्रो नेपालमा । दावि का साथ भन्न सकिन्छ यसै कारण नेपाल यो अवस्थामा आएको हो।मैले आज थोरै समय पाएर सानो पंक्ति तयार गर्दै छु फेसबुक को समाजिक संजाल मा फेरबदल भएन भने यो पंक्ती भोलिका सन्ततिलाई ऐतिहासिक बन्नेछ। शासन ब्यबस्था बदलिएर मात्र बिकास हुने भए बहुदलीय ब्यबस्था आएको २८ बर्षमा नेपाल विश्वको विकसित राष्ट्र को सुचि मा गणना हुन्थ्यो होला मैले देखेको बहुदलपछी को २८ बर्षमा केवल आफ्नो सत्ता को बचाउ गर्न, आफू सुरक्षीत हुन र मनग्य सम्पती कमाउन राष्ट्र लाई बन्दक बनाएको पाए। नयाँ परिस्थिति निर्माण गरि राष्ट्र निर्माण गर्ने होईन आफुलाइ कसरी सजिलो बनाउने, आफू र आफ्नो पार्टिका नातेदार कार्यकर्ता लाई भरणपोषण गर्ने भन्ने कुरा मा मात्र ध्यान दिइयो। जसको कारण हाम्रो देश विश्वको गरिब राष्ट्र मा सुचिकृत हुन पुग्यो। आफुलाइ प्रजातन्त्र को जननी भन्न रुचाउने तर छिमेकि राष्ट्र भारतको निर्देशन लाई अक्षरस पालन गर्ने बि पि कोइराला को सरकारी नीति र परम्परा ले नेपाली जनतालाइ संधै भारतमुखी बनाउने काम गर्यो भारतलाई नरिझाइ सत्ताको भत्ता नपाइने भएको ले नेपाली काँग्रेस ले पटक पटक का आन्दोलन का उपलब्धी हरु भारत को स्वार्थमा हिडाउन राष्ट्रघाती सम्झौता गरि देशलाइ कंगाल बनाउने काम गर्यो।भारतलाई दाइ को सुचिमा राख्दै हामी भाइ हौ तपाईं दाइ हो भाइलाई दाइले के गर्दा शुरक्षित हुन सकिन्छ भाइले दाइलाइ के दिएर सहयोग गर्नु पर्यो त्यो म गर्न तयार भन्दै सत्तामा टिक्न नेपाली काँग्रेस ले राष्ट्रघात गर्दै लिखितम को तमसुक गरेको कुरा जनतमा छर्लङ छ।
झन संविधान सभा बाट संविधान बनेसंगै दलहरुको भद्र सहमती तोड्दै सुशील कोइरालाले प्रधानमन्त्री को उम्मेदवारी दिनु ले झन त्यो कुरालाइ सत्यसाबित गरिदिएको छ। अहिले परिस्थिति ले अलि फरक मोड लिएको छ। राज्य संचालन गर्ने ब्यक्तिहरु पनि फरक तरिकाले हिड्न खोज्दै छन। हिजको परम्परा तोड्दै सत्ता स्वार्थ मा अर्काको दलाली भएर होइन आफ्नै पौरख ले देश संचालन गर्नु पर्छ भन्ने मान्यताको आधारमा एक्लै भए पनि लड्दै निर्णय गर्ने चटानी अडान भएका नेता के पि ओलि लाई देश ले नेतृत्व सुम्पेको छ। उहाँको भनाइ कुनै पनि कुरा इच्छाशक्तिबाट मात्र अगाडि बड्न सक्छ र त्यो परिणाम मुखी हुन्छ भन्ने सन्देश दिदै “पिपलको बिरुवा ढुङाको कापमा उम्रेर बटुवालाइ सितलता दिए झै” अप्ठ्यारो परिस्थिति मा आफ्नो काँधको जिम्मेवारी पुरा गरि राष्ट्रियताको सवालमा नेपाली अस्मिता महान छ भन्ने संदेश दिई संधै का लागि अरुको दलाली गर्ने परम्परा ऐतिहासिक रुपले मेटाउदै इतिहास को युग पुरुष को रुपमा आफुलाइ उभ्याउन प्रधानमन्त्री के पि ओलि सफल भएका छन। कुनै पनि व्यक्ती काम बाट मात्र महान हुन्छ। उनले त्यो महानता देखाएका छन।बिचार जेसुकै भएपनी सहि कुरालाइ वकालत गर्नै पर्छ। सबैले सहयोग गर्नै पर्छ।
प्रधानमन्त्री के पि ओलि को भर्खरै सम्पन्नभएको छिमेकी मुलुक चीनको भ्रमण बाट देशलाई सम्मुनत गराउन महत्वपूर्ण पारवहन संन्धि गर्दै दिर्घकालिन आर्थिक बिकाश का लागि पुर्वाधार तयार पार्नु ले प्रधानमन्त्री के पि ओलि को उचाइ इतिहास मै भुल्न नसकिने वीर गोर्खालीको महानायक को रुपमा स्थापित भएको छ। उहाँको बिचार को बद्ख्वाइ गर्न काठमाडौ देखि दिल्ली सम्मका यात्रा गर्दै भारतिय राजदुत देखि तराई का क्षेत्रीय पार्टीहरु( जस्ले नेपाल लाई भारत को प्रांतीय राज्य बनाउन चहान्छन) देखि समाजमा पतन भैसकेका मान्छेहरु बटुलेर “हुटिट्याउ को कथा झै” आकास थाम्ने सपना बोकि भारतकै निर्देशन बनेको बाबुराम भट्टराईको नया शक्ति समेत प्रधानमन्त्री को चीन भ्रमण रद्द होस भन्ने चाहान्थे। परम्परा गत रुपमा भारत मुखी बनाउन चहान्थे।प्रधानमन्त्री को बिचार ले उनिहरुका दन्त बजान लाई गतिलो झापट दिएको छ।उनिहरुलाइ थक्क थक्क गर्ने बनाएको छ। हुदाँहुदा यो सरकार बदल्ने खेल को ग्रायन्डिजायन बनाउन हुस्की र बियर सँगै नेपालको भारतिय राजदुतावास मा दिनहु जसो भोज भतेर भैरहेको छ।”फुसको छानो मा तातोपानी हालेर कहिलै जल्दैन”अब जुन सपना बुने पनि प्रधानमन्त्री के पि ले बनाएको आर्थिक रुपान्तरण को रेखाचित्र लाई जुनसुकै व्यबस्था परिबर्तन भएपनी मेटाउन सक्ने छैन। उनको बिचार संधै जिवन्त भैरहने छ।उनी नेपाली राजनितिका महानायक राजनेता भैरहने छन ।

0 comments
प्रतिक्रिया दिनुहोस्...