-->
राष्ट्रसंघले दियो खतरनाक चेतावनी, जसले संसार नै ध्वस्त बनाउन सक्छ
Advertisement

आणविक आतङ्कवादको सम्भावना बढ्यो
भियना, १४ चैत । संयुक्त राष्ट्रसंघीय आणविक प्रतिरक्षा कार्यक्रम प्रमुखले विश्वमा आणविक आतङ्कवादको खतरा बढेको बताउनुभएको छ ।
साथै उहाँले पछिल्लो समयमा युरोपलाई केन्द्रित गरेर आतङ्कवादको विस्तार भइरहेको भन्दै यसले आणविक सस्त्रको दुरुपयोग पनि गर्नसक्ने खतरा रहेकोतर्फ सङ्केत गर्नुभयो ।
बेल्जियमको ब्रसेल्समा हालै भएको आतङ्कवादी हमलाको केही समयपछि र आणविक विषयमा हुन लागेको एक महत्वपूर्ण विश्व सम्मेलनको पूर्व सन्ध्यामा सो धारणा राख्नुभएको हो ।
बिहीबार अबेरतिर एएफपीलाई दिनुभएको एक अन्तरवार्तामा अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीका प्रमुख युकिया अमानोले सो धारणा राख्नुभएको हो ।
युकिया अमानो
सो अन्तरवार्तामा उहाँले भन्नुभएको छ- आतङ्कवादीहरुले विश्वव्यापी रुपमा यसरी आफ्नो प्रभाव फैलाइरहेको बेलामा आणविक सस्त्रको दुरुपयोग पनि नगर्लान् भन्न सकिन्न ।
त्यसैले सदस्य राष्ट्रहरुले आणविक सुरक्षाको कार्यलाई विस्तारित गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । विश्वव्यापी रुपमा आतङ्कवादीहरुले या प्रभाव फैलाइरहेको अबका दिनमा आणविक प्रविधिको दुरुपयोगलाई पनि रोक्नुपर्ने हुन्छ र त्यसलाई हामीले समयमै बिचार पुर्याउनुपर्ने पनि हुन्छ ।
अमानोको यो धारणा आगामी मार्च ३१ देखि अप्रिल १ सम्म वासिङ्टनमा हुन लागेको विश्वका नेताहरुको यसै विषयको सम्मेलन पछि आएको छ ।
उक्त सम्मेलनमा विश्वका ५० नेताहरु जम्मा हुने भएका छन् । उनीहरुले आणविक सस्त्रहरुको प्रयोगको बारेमा सो सम्मेलनमा छफफल हुने बताइएको छ । रासस/एएफपी


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.