-->
ओलीको चीन भ्रमणपछिः भारतका ३ रणनीति !
Advertisement

हेडलाइन्स टिप्पणी ।

नेपालको संविधानसभाबाट संविधान जारी भए पछि ५ महिना सम्म नाकाबन्दी लादेको दक्षिणी छिमेकीले नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकको भ्मरण गरेर फर्के लगत्तै फरक ब्यवहार देखाएको छ ।

नयाँ संविधानसँग खुसी हुन नसकेको भारत जारि गतिरोधबाट एक कदम अगाडी बढ्ने संकेत देखा परेको हो । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको वरिरपिर देखिनै भारत नेपालप्रतिको रणनीति बदलने जोडदार कसरतमा थियो । तर अब भने चीन भ्रमणपछि उक्त रणनीतिले विस्तारै मुर्त आकार लिने छाँटकाँट देखिएको छ ।

भारतीय सांसद मणि शंकरको अर्को सनसनीपूर्ण लेखः नेपाललाई चीनको पोल्टामा पुर्याएर राम्रो गर्यौ मोदी !

राजनीतिक इतिहासको आधारमा भारत विरोधी ब्यक्तित्व नभएपनि शुरु देखि नै भारतीय निशानामा रहेका प्रधानमन्त्री ओलीले परंपरा कायम राख्दै गरेको भारत भ्रमणले पनि कुनै विशेष खालको परिस्थिति सृजना गरिदिएन । बरु ओलीको चीन भ्रमणले भने भारतमा एक किसिमको हलचल पैदा गरेको छ । भारत नेपाललाई चीनसंग नजिकिएको हेर्न चाहन्न भन्ने कुरा प्रत्यक्ष र परोक्षरुपमा नेपाललाई बुझाइसकिएको विषय हो ।

ओलीको चीन भ्रमण अघि नै विदेश मन्त्री र विदेश सचिवस्तरीय टोलीले एजेण्डा र भ्रमण टोलीमा समेत प्रभाव पारेको चर्चा सेलाउन नपाउँदै चीनसंग भएको १० बुँदै सम्झौतापछि भारतीय एजेन्सीहरु नयाँ कसरतमा लागेको श्रोतको दावी छ । नेपाली संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महााधिवेशन सम्पन्न भैसकेको परिप्रेक्ष्यमा भारत अब नेपालका राजनीतिक दलहरुबीच खेल्ने र आफ्नो स्थिति बलियो बनाउने दाउमा रहेको उक्त श्रोतको भनाइ छ । भारतका पछिल्ला कदम वर्तमान ओली सरकारसँग एउटा तहसम्म इन्गेज भैराख्ने र सम्पुर्ण प्रयास नयाँ नेतृत्वको नेपाली कांग्रेससँग सम्वन्ध बढाएर सरकार फेर्नमा केन्द्रित रहेका छन् ।

केही दिन अघि भारतीय दुताबासमा ब्रेकफाष्ट मिटिङमा गएका एक मधेशी नेताका अनुसार भारत अव नेपालनीतिमा ३ रणनीतिसहित अघि बढ्दैछ ।

औचित्यहिन नाकाबन्दीको पुष्टी नगरी हटाएको भारतले अव नेपालमा नाकाबन्दीको मतियार बनेका मधेसी दलहरुलाई आन्दोलनका लागि उत्साहित गर्ने र थप आक्रमकता सहित प्रस्तुत हुने तयारीमा छ । मधेश आन्दोलनबारे भारतीय राजदुतको चासो यसैसँग जोडिएको बुझ्न कठिन छैन । भारतका मुख्य तीन रणनीतिमा मधेशी मोर्चालाई साथ नछोड्ने, हिन्दु राष्ट्रको मागलाई साथ दिने र राजसंस्थाका विषयमा समेत पुनर्विचार गर्न सक्ने कुरा समेत समावेश छन् ।ओलीको भारत भ्रमणमा संयुक्त विज्ञप्ति आउन नसकेको पृष्ठभूमि र चीन भ्रमणमा भएका पारवाहन सहितका महत्वपूर्ण सम्झौतापछि ओली सरकारलाई थप दवाव दिने रणनीतिमा भारत छ । जसका लागि मधेशी मोर्चा र यसमा आवद्ध दलका नेतालाई सहयोग र सदभाव राखिररहने र आन्दोलन गर्न उक्साइने छ । यो रणनीति अपेक्षित भएपनि पछिल्ला दुई रणनीतिले भने नेपालको राजनीतिमा नै उथल पुथल ल्याउन सक्ने देखिन्छ ।

हालसम्म औपचारिक रुपमा भारतले नेपाल हिन्दु राष्ट्र हुनु पर्छ भनेर बोलेको छैन । तर सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुले भने यसको पक्षमा पटक पटक मत खुलेरै बोलिसकेका छन् । हिन्दु राष्ट्रको समर्थनले नेपाल भित्र नयाँ परिस्थति निर्माण गर्ने भारतको आँकलन छ । हाल कांग्रेसको नेतृत्व परिवर्तनले पनि भारतलाई हौस्याएको हुन सक्ने जानकारहरु बताउँछन् ।कांग्रेसमा महामन्त्री संशाक कोइराला र धेरै मत पाएर केन्द्रिय सदस्य बनेका खुम बहादुर खड्काले हिन्दु राष्ट्रका पक्षमा खुलेर वकालत गर्दै आएका छन् ।

हालै भारतमा भएको भारतका प्रिय पात्रहरुको जमघटका क्रममा नेपालमा जारी राजनैतिक समिकरण नै खल्ब्याउन सक्ने सन्देश भारत समक्ष पुगिसकेको छ । पुर्व राजाका बारम्बारका विदेश भ्रमणमा पनि भारतीय पक्षबाट उनलाई गतिलै आश्वासन आएको बताइन्छ । भारतमा यसमा थप खूलेर पेश हुने संभावना कम छ तर सरोरकार वालाहरुलाई भने यसका पक्षमा रहकेो सन्देश दिइरहेको छ । भारतका पछिल्ला ३ रणनीति मध्ये २ रणनीति सफल भएमा नेपाली राजनीतिमा उथप पुथल ल्याउन सकिने भारतीय गुप्तचर एजेन्सीहरुको रिपोर्टिङ छ ।nepaliheadlines


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.