चैत १०
काठमाडौं– एमाओवादी सांसद ल्यारक्याल लामा ३० लाख धरौटी बुझाएर आज रिहा भएका छन् । बुधबार अपरान्ह वैदेशिक रोजगार विभागको आर्थिक शाखामा विभागले मागेको ३० लाख धरौटी बुझाएर लामा रिहा भएका हुन् ।
कमाउको लागि ‘कोटा’ मिलाईदिने भनि उनले म्यानपार व्यावसायी केशबहादुर गुरुङलाई ठगेका थिए । आर्थिक वर्ष २०६९–७० उनले सो वापत २ करोड १९ लाख रकम असुलेका थिए । तर, रकम लिएपछि कोटा मिलाउनुको साटो लामा सम्पर्कविहिन भएपछि गुरुङले विभागमा उजुरी दिएका थिए । विभागमा त्यतिनै बेला उजुरी परेपनि शक्तिको आडमा विभागले उनलाई कारबाहीको दायरामा ल्याउन सकेको थिएन । तर लकर प्रकरणमा १० दिनअघि समातिएसँगै वैदेशिक रोजगार ठगी मुद्दा समेत चलाइएको हो । सो मुद्दामा सुनुवाईका क्रममा विभागले सो धरौटी मागेको हो । उजुरीकर्ता गुरुङ अर्पच्युनिटी म्यानपावर सर्भिसेज प्रालिका अध्यक्ष हुन् । सोहि म्यानपावरका लागि लामाले हाउस किपिङ ,किलनर , सेक्युरिटी, वेटरलगायतमा कोटा उपलब्ध गराउने भन्दै ठगेका थिए ।
१० दिनअघि बैंक लकरमा गोली भेटिएपछि पक्राउ लामा पक्राउ गरेका थिए । सो मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले ६६ हजार धरौटीमा छाडेपनि सो लगत्तै वैदेशिक रोजगार गठी आरोपमा पुन प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा राखिएका उनलाई आज कार्यलय समय सुरु हुनासाथ विभागमा बयानका लागि हाजिर गरिएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...