एजेन्सी । शिक्षक र विद्यार्थीको सम्बन्ध आमाबुवा भन्दापनि पवित्र मानिन्छ । तर, केही यस्ता शिक्षक छन् जसले यो सम्बन्धलाई लज्जित बनाएका छन् ।
छत्तीसगढको जशपुर जिल्लामा एक सरकारी स्कुलका शिक्षकले लज्जास्पद हर्कत गरेका छन् ।
विक्रम तिरके नामा शिक्षकले ८ कक्षामा पढ्दै आएका छात्राहरुलाई इच्छाविपरित अश्लील हर्कत लगाउने गरेको खुलेको हो ।
समाचार अनुसार छात्राहरुलाई कक्षकोठाको ब्ल्याक बोर्डमा शिक्षक विक्रमले म तिमीलाई माया गर्छु, म तिमीसँग विहे गर्न चाहन्छु जस्ता शब्द लेख्न लगाउने र उनीहरुमाथि अश्लील हर्कत गर्ने तथा उनीहरुको शारीरिक शोषण पनि गर्दै आएका थिए ।
जसका कारण केही बालिकाले स्कुलै जान छाडेका छन् । उनी छात्राहरुको शारीरिक शोषणा गर्नुका साथै कक्षाकोठाको ढोका बन्द गरेर उनीहरुलाई मालिस गर्न लाउथे ।



0 comments
प्रतिक्रिया दिनुहोस्...