-->
उपचार अभावमा युवक ३ वर्षदेखि साङ्लोमा
Advertisement

उदयपुर – उपचार गर्न आर्थिक समस्या भएका कारण उदयपुरका एक युवक ३ वर्षदेखि पशु झै फलामे साङ्लोमा बाँधिएर बस्न बाध्य भएका छन् । जिल्लाको जोगिदह ९ मोतियाईका मानसिक सन्तुलन बिग्रिएका २६ वर्षिय नन्दन राजधामीलाई साङ्लोमा बाँधेर राखिएको हो ।
उपचार गर्ने पैसा नभएपछि अहिले घरमा नै साङ्लोमा बाँधेर राख्ने गरिएको विरामीकी आमा दुववती राजधामी बताईन ।
‘सम्पत्ती टन्न भएको भए मेरो छोरा यसरी मलमुत्रमा डुबेर बस्नु पर्दैन थियो होला तर अहिले भएको जग्गा पनि बेचेर उपचार गरियो न छोरो ठिक भयो न जग्गा रह्यो ’ आमा दुववती राजधामीले दुखेसो पोखिन् । IMG_5232
दैनिक रुपमा ज्याला मजदुरी गरेर जिविकोर्पाजन गर्नु पर्ने भएकाले पनि छोरालाई उपचार गर्ने रकम अभावका कारण अस्पताल लौजान नसकेको बाबु बृहस्पती राजधामीले गुनासो पोखे ।
कमाउने छोरालाई साङ्लोमा बाधेर राख्नु पर्दाको पीडा यसरी पोखे – ‘उपचार गरे निको हुन्छ भनेको सुनेको छु तर कसरी उपचार गर्ने बिहान बेलुकाको छान टार्न समस्या भई रहेको बेला उपचारको त के कुरा हजुर ।’
कसैले दया गरेर उद्धार गरि दिए आफु आभारी हुने कुरा सुनाउदै भाबुक हुदै बृहस्पति राजधामीले भने ‘हामी गरिब मान्छे, अहिले खाँउ भने भरे के खाँउ भन्ने अवस्था छ छोराको उपचार कसरी गर्नु ?’
बनिबुतो गरेर पेट पाल्दै आएकोमा अब त एक जना बनि बुदो गर्न जानुको सट्टा घरमा नै छोरालाई रुङ्गेर बस्नु परेको दुखेसो पोखे । घर एक जनाले नहेरे कति खेर दिसा पिसाब गर्छ त्यो नै खाई देला भन्ने पिर रहेको उनले बताए ।

बाँधेर नराखे घर परिवारका सदस्य तथा गाउँका मानिसलाई आक्रमण गर्ने भएकाले पनि बाँधेर राख्नु परेको छिमेकी भबुराम राईले बताए । चुरिया नजिकैको ऐलानी जमिनमा सानो झुपडी लगाएर बस्दै आएको राजधामी परिवारमा जिविकोर्पाजनका लागि मजदुरी बाहेक अरु कुनै जग्गा जमिन छैन ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.