चैत ११, युएई-युएईमा झण्डै तीन करोड रकम (१० लाख दिराम) ठगी गरी एक नेपाली सम्पर्कविहिन भएका छन् ।
गुल्मी समाज सेवाका अध्यक्ष तथा लुम्विनि वेलफेयर सोसाइटीका उपाध्यक्ष समेत रहेका गुल्मी हुगा-३ का लक्ष्मण भण्डारी रकम लिएर बेपत्ता भएका हुन् ।
आफ्नो झण्डै ३ लाख ८० हजार दिरहम (१ करोड ६ लाख बढी) बरावरको मोवाइलको सामान वापतको रकम नतिरी भण्डारी फरार भएको भन्दै सागर पन्तले उनलाई खोजिदिन आग्रह गरे पछी उक्त घटना सार्बजनिक भएको हो ।
उनले युएईमा ‘समाजसेवी’को पहिचान बनाएर करोडौं रकम उठाएर फरार भएको भन्दै सहयोगको आग्रह गरेका थिए।
भण्डारी सम्पर्कविहिन भएपछि उनको खोजिगर्दै पन्थ एयरपोर्ट पुगेका थिए । त्यहाँबाट भण्डारी नेपाल उडेको देखिएको पन्थले बताएका छन् । आफूहरुसँग तीन चार बर्षदेखि सम्पर्कमा रहेको र परिवारको सदस्य जस्तै बनेर आफूहरुलाई डुवाएर भण्डारी भागेको पन्थको भनाई छ ।
भण्डारीबाट ठगिएको भनिएकी अर्की महिला सीता पाण्डेले आफुसँग १ लाख १० हजार दिरहम(४२ लाख) लिएर फरार भएको दावी गरिन् । ”त्यो पापीले म घरमा बसेर काम गर्ने मान्छेको पैसा खाएर कहाँ गएर लुकेर बसेको छ, त्यसको कहिल्यै भलो हुन्न” उनले फोनमा रुँदै भनिन् ”त्यो पापीलाई जसरी नि फेला परिदिनु पर्यो।” आफूसहित चार जनाको गरी १० लाख दिरहम उठाएर भण्डारी फरार भएको देखिएको पाण्डेको भनाई छ । पाण्डे युएईमा घरेलु कामदारका रुपमा कार्यरत छिन् ।
भण्डारीले विभिन्न पसल तथा सर्वसाधारण नेपालीबाट झन्डै १० लाख दिहराम अर्थात तिन करोड रुपैयाँ भन्दा बढि रकम लिएर सोमबार युएईबाट भागेको हल्ला चलेको थियो । तर उनले ठगेका कम्पनी सञ्चालक र नेपालीहरुले बुधवार नै नेपाली दुतावासमा ठगीमा परेको उजुरी गरेका थिए । युएईबाट भागेका भण्डारी दुवई हुँदै काठमाडौ विमानस्थलबाट नेपाल गएको अध्यागमनको रेकर्डमा उल्लेख रहेको जानकारीमा अाएको छ।
छविलालका भाइ रामु पन्थले युएईबाट दाजु छविलालले भण्डारीको खोजिका लागि प्रहरीमा उजुरी दिन भनेको र आफूहरु त्यसको प्रकृयामा रहेको बताए । उनले पहिले युएईबाट नै दुतावास मार्फत उजुरी पठाउन आफूले आग्रह गरेको र त्यसपछि नेपालमा आवश्यक प्रकृया गर्ने बताए । ठगिको जानकारी पछि आफूहरु भण्डारीकी श्रीमति बसेको ठाउँ पाल्पा पुगेर भेटेको तर उनले आफूसँग पनि कुनै सम्पर्क नरहेको बताएको जनाए ।
भण्डारीकी आमा गोमा भण्डारीले छोरो आफूहरुसँग सम्पर्कमा नरहेको बताइन् । नेपाल आइपुगेको भए त हामीसँग सम्पर्क भइहाल्थ्यो, आएकै छैन र त होला”उनले भनिन् । उनले छोरालाई कुनै समस्या आइपरेको हुनसक्ने र मान्छेहरुले हल्ला चलाएको हुनसक्ने बताइन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...