-->
रक्सीले मातेका पतिले सलाँइ कोरेर पत्नीको जिउमा अागो लगाए
Advertisement

धनगढी-कन्चनपुरकी एक महिलालाई पतिले जिउँदै आगो लगाइदिएका छन्। बाइसे बिचुवा–७ भीमबस्ती निवासी जानकी जोशीलाई बुधबार राति आगो जलाइए पनि उनलाई दुई दिनपछि मात्र उपचारका लागि अस्पताल ल्याइएको छ । 

मदिरा सेवन गरेको निहुँमा झगडा परेपछि श्रीमान नारदले शरीरमा आगो लगाइदिएको र उपचार गर्न अस्पताल ल्याउन पनि नदिएको पीडित जोशीले बताइन् । प्रहरीले पनि घटना ढिलो जानकारीमा आएको बताएको छ । आइतबार मात्र पीडित महिलाका भाइ पुष्पराज जोशीबाट शरीरमा आगो लगाएर हत्या गर्न खोजेको भन्ने उजुरी आएको प्रहरीले बताएको छ ।

३५ वर्षीया जानकी शरीरमा आगो लागेपछि चिच्याएकी थिइन् । उनको चिच्याहट सुनेर वरपरका छिमेकी र आफन्तले उनको शरीरमा दन्किरहेको आगो निभाइदिएका थिए । 'कराएको सुनेर जाँदा उसको जिउमा आगो दन्किरहेको थियो भने उसको पति बसेर हेरिरहेको थियो,' पीडितकी जेठानी मायादेवी जोशीले भनिन् ।

आगो लगाएर जलेपछि छिमेकीले अस्पताल लैजान खोजे पनि पतिले रोकेको पीडित जानकीले बताइन् । चार महिनाअघि पनि कुटपिट मुद्दामा ती दम्पतीबीच प्रहरी कार्यालयमा मिलापत्र भएको छिमेकी बताउँछन् ।

पतिले सधैं रक्सी खाएर सम्पत्ति सक्ने भए भन्दै जानकी र नारदबीच झगडा हुँदै आएको थियो । त्यही क्रममा आगो लगाइएको जानकीले बताइन् । 'राति सुत्नका लागि भनेर बिस्तरामा पल्टिरहेका बेला पछाडितिरबाट तातो आयो,' जानकीले नागरिकसँग भनिन्, 'यसो हेर्दा त शरीरमा आगो सल्किसकेको रहेछ ।'

सेती अञ्चल अस्पतालमा भर्ना भएकी जानकीको कम्मरमुनिको भाग जलेको छ । तर उनी खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

तीन छोरा र एक छोरी अर्को घरमा बाजेबजेई सँगै वस्थे । साँझजोशीदम्पतीले खानाखाए । श्रीमानजोशी सधै मदिरा सेवनगरिरहन्थे ।

'राती म सुत्नकालागी पल्टिए, पछाडीवाट तातो लागेर हेर्दा आगो बलिरहेको देखे' अस्पतालको शैयामाउपचार गराइरहेकीउनले भनिन्,'त्यसपछि मेरो होशहास नै उड्यो'।

झगडा हुने बेला नै आज तँलाई ठिक पार्छु भनेकाले श्रीमानले मार्ने नियतले नै पछाडीबाट आगो लगाएको उनले बताइन् ।

जानकीका पतीलाई प्रहरीले पक्राउ गरेको छ । मदिरा खाएर झगडा भएको र झगडापछि पत्नीले सलाईको काँटीले आफै शरिरमाआगो लगाएको उनले बयान दिएको इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीका इन्चार्ज प्रहरी निरिक्षक प्रतिक बिष्टले बताए।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.