-->
बेलायती राजकुमार ह्यारी स्वदेश फर्किदै
Advertisement


नेपालको औपचारिक भ्रमण सकेर बेलायती राजकुमार हृयारी स्वदेश फर्किदै छन्। 

गत चैत ६ गते नेपालको औपचारिक भ्रमणका लागि आएका ह्यारी बुधबार राति स्वदेश फर्किन लागेका हुन्। ह्यारी कतार एयरवेजको विमानमार्फत बुधवार राति  ९ः१५ स्वदेश फर्किने कार्यक्रम छ। 

पाँच दिने नेपाल भ्रमणका लागि आएका ह्यारीले थप ६ दिन आफ्नो भ्रमण लम्ब्याएका थिए।  

नेपालमा बसाइका क्रममा राजकुमार ह्यारीले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गरेका थिए। यसैगरी ह्यारीले भूकम्पले क्षति पुर्याएको ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रसहित बर्दीया, भक्तपुर, लम्जुङ, गोरखा र पोखराको भ्रमण गरेका थिए। 

ह्यारीले भूकम्पले क्षति पुर्याएको गोरखाको लापुबेसीमा रहेको प्रभातकिरण माविको पुनर्निर्माणको काममा समेत सहयोग गरेका थिए। 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.