भक्तपुर, जीवित देवीका रुपमा पुजिँदै आएको भक्तपुर तलेजुको एकान्तकुमारी जुनिशा शाक्यको आज बेलविवाह सम्पन्न भएको छ ।
भक्तपुर नगरपालिका–३ नागपोखरीस्थित जुजुरत्न शाक्यकी जेठी छोरी आज कुमारी जुनिशाको नालाको उग्रचन्डी गाविसस्थित सेतो मछिन्द्रनाथ करुणामय मन्दिरमा आज विधिपूर्वक उहाँको बेल विवाह सम्पन्न भएको हो ।
शुक्रबार एकान्तकुमारी जुनिशाको विवाहको शुभसाइत गरेपछि उहाँले कुमारीबाट अवकाश पाउनुभएको छ भने हिजैदेखि भक्तपुर तलेजुमा कुमारी रिक्त भएको छ ।
सात वर्षको उमेरमा २०७० साउन २१ गते भक्तपुरको एकान्त कुमारीमा जुनिशालाई छनोट गरी भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीको सिफारिसमा गुठी संस्थानले नियुक्ति गरेको थियो ।
तलेजु एकान्तकुमारी १० वर्ष नाघेर ११ वर्ष पुगेमा वा बेलविवाह गरेमा कुमारीबाट स्वतः अवकाश हुने प्रावधान रहेअनुसार बेल विवाहभएसँगै कुमारीबाट जुनिशाले अवकाश पाएकी छन् ।



0 comments
प्रतिक्रिया दिनुहोस्...