काठमाडौं, १६ चैत । भारतमा जारी आईसीसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका भारतीय क्रिकेटर विराट कोहलीले नयाँ रेकर्ड कायम गरेका छन् ।
उनी आईसीसीको टी–२० र्याङ्किङमा नम्बर वान ब्याट्सम्यान बन्न सफल भएका हुन् । भारतले खेलेकामध्ये तीन वटा खेलमा जिताउने भुमिका निभाएका कोहलीले ९२ रनको औसतमा १८४ रन बनाइसकेर आईसीसीको नयाँ र्याङ्किङमा पहिलो नम्बरमा परेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार यसअघि कोहली दोस्रो नम्बरमा थिए ।टी–२० को शीर्ष दशको सूचीमा भारतबाट कोहली बाहेक अन्य कुनै खेलाडी परेनन् ।
भारतले बिहीबार हुने सेमिफाइनलमा वेस्टइन्डिजसँग प्रतिस्पर्धा गर्दैछ ।
दैनिक नेपाल डट कमबाट



0 comments
प्रतिक्रिया दिनुहोस्...