काठमाडौं, १६ चैत । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको चीन भ्रमणमा नेपाल र चीनको सेनाबीच दुई वटा महत्वपूर्ण सम्झौता भएको छ ।
यो सम्झौतामा सोमबार बेइजिङमा प्रधानसेनापति क्षेत्री र चिनियाँ समकक्षी फाङ फङहवैले हस्ताक्षर गरेको चीनस्थित नेपाली राजदूतावासले जनाएको छ ।
चीनका लागि नेपाली राजदूत महेशकुमार मास्केले सोमबार भएको सम्झौताअनुसार चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ३ करोड चिनियाँ युआन (करिब ५० करोड) बराबरको सहयोग उपलब्ध गराउने बताए ।
यसबाट नेपाली सेनालाई आधुनिकीकरण गर्न र क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । सेनाको क्षमता अभिवृद्धि गर्नका लागि चिनियाँ जनमुक्ति सेनाले तालिम उपलब्ध गराउने र सेनाको मोबाइल अस्पताललाई अझै विस्तार र प्रभावकारी बनाउन तथा आकस्मिक प्रकोप व्यवस्थापनका लागि अत्याधुनिक उपकरण प्रदान गर्ने कुरा पनि सम्झौतामा उल्लेख छ ।
चिनियाँ सेनाको संग्राहालय अवलोकन गर्दै प्रधानसेनापति क्षेत्री
चिनियाँ सेनाले नेपाली सेनाका अधिकृतलाई चीनमा उपलब्ध गराउँदै आएको व्यावसायिक तालिमलाई अझै विस्तार गर्नेबारे पनि सम्झौता भएको छ ।
साथै चीनले विश्वमा नेपाली सेनाको देखाएको विरताको प्रशंसा पनि गरेको छ । चीनले सेनालाई दिएको सहयोग यसअघि नै मन्त्रिपरिषदले स्वीकृत गरिसकेको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो भ्रमणमा चीनसँग विभिन्न महत्वपूर्ण सम्झौता गरी भारतको एकाधिकार नेपालमा तोडेका छन् ।
दैनिक नेपाल डट कमबाट



0 comments
प्रतिक्रिया दिनुहोस्...