टोकियो, ९ चैत । होमोग्लोविन र पानीको घोलमा मिसिएको अक्सिजनलाई भौतिक वस्तुको प्रयोग गरी जीवनको अवस्थाबारे अनुसन्धानरत नेपाली वैज्ञानिक जापानमा उत्कृष्ट घोषित हुनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागबाट स्नाकोक्तर र यामानाशी विश्वविद्यालय जापानबाट बिद्याबरिधी गरि हाल जापानमा शोध अनुसन्धानरत नेपाली वैज्ञानिक डा. अम्बादत्त पन्तलाई सोसाईटी अफ मियोन एण्ड मेजोन साईन्स जापानले सो विषयमा उत्कृष्ट अनुसन्धान र सोध पत्र वापत उपाधी दिएको हो ।
पन्तले रगतमा रहेको होमोग्लोविन र पानीको समिश्रणमा भौतिक वस्तुको प्रयोग गरेर अक्सिजनको अवस्था नाप्न सफल हुने विषयमा शोध तथा अनुसन्धान गर्नु भएको थियो। जसले मानिसमा लाग्ने क्यान्सर रोग समयमै पत्ता लगाउने नयाँ प्रविधिको विकासमा टेवा पुरयाउने छ ।
सन् २०१५ भरिमा सोसाईटी अफ मियोन एण्ड मेजोन साईन्स विषयमा विश्वभरिका वैज्ञानिकहरुले तयार गरेको सोधका आधारमा पन्तलाई यस वर्षको उत्कष्ट शोधकर्ता उपाधी प्रदान गरेको हो । सो विषयमा जापानभरिका ४५ वढी विश्वविद्यालयका विद्यार्थीहरु सहभागी रहेका थिए ।
जापानमा सेन्दाईमा आयोजना गरिएको एक कार्यक्रमकाबीच पन्तलाई सोमवार उत्कृष्ट उपाधि प्रदान गरिएको थियो । बैतडी जिल्लाको सिद्धपुर गाविस घर भई हाल ईवाराकी राज्यमा रहेको एक विश्वविद्यालयमा अनुसन्धारत वैज्ञानिक पन्तलाई यसअघि पनि दुई वटा उत्कृष्ट शोध अनुसन्धान गरे पुरस्कृत गरिएको थियो ।
विश्वभरिका थुप्रै विश्वविद्यालयमा मध्ये जापानका ४५ वढी विश्वविद्यालयका विद्यार्थीहरु सहभागी शोधमा पन्तलाई उनको विषय र शोधमा गरेको गहन अध्ययनलाई आधार मानेर उत्कृष्ट उपाधी प्रदान गरिएको थियो ।
सम्मान पाएपछि डा. पन्तले विश्वमा वैज्ञानिकहरुले गरेको अनौठो अनुसन्धान मध्ये आफनो अनुसन्धानलाई उत्कृष्ट ठहराएकोमा खुसी व्यक्त गर्नुभयो । यो सम्मानले आफनो अध्ययनमा थप बल मिल्ने बताउनुभयो ।



0 comments
प्रतिक्रिया दिनुहोस्...