-->
अवैध सम्बन्धबाट जन्मिएकाे २ शिशुकाे हत्या : कुरले खाँदै गरेको कुहिएको अवस्थामा शव भेटियाे
Advertisement

भक्तपुर ।(फाइल तस्विर ) भक्तपुरको बालकोटमा कुकुरले खाँदै गरेको कुहिएको अवस्थामा शिशुको शव फेला परेको छ । अनन्तलिङ्गेश्वर नगरपालिका वडा नं ४ र ५ को सिमानामा पर्ने बालकोटको खोल्छामा बिहान करिब ९ बजे कुुकुरले खाँदै गरेको अवस्थामा भर्खरै जन्मिएको शिशुको शव भेटिएको हो ।

आज बिहान करिब ४ बजे ल्याएर फालेको हुनसक्ने शिशुको आलै शवको कुकुरले हात र खुट्टा खाएको अवस्थामा भेटिएको महानगरीय प्रहरी प्रभाग बालकोटका प्रहरी नायब निरीक्षक युवराज शर्माले जानकारी दिनुभयो । शव परीक्षणका लागि शिक्षण अस्पताल, महाराजगन्ज पठाइएको जानकारी दिँदै उहाँले घटनाको अनुसन्धान सुरु गरिसकिएको जानकारी दिनुभयो ।

त्यसैगरी भक्तपुर नगरपालिका व्यासीमा पनि कुहिएको अवस्थामा शिशुको शव फेला परेको छ । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक दिनेश भण्डारीले कुहिएर गन्हाउने अवस्थामा सोमबार शिशुको शव भेटिएको जानकारी दिनुभयो । दुईवटै शिशुको शव जन्मनेबित्तिकै हत्या गरेर फालिएको र अवैध सम्बन्धबाट जन्मिएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.