एजेन्सी: अभिनेता तथा चर्चित पूर्व रेस्लर ड्वेन ‘द रक’ जोनसनले आफू भविष्यमा राष्ट्रपतिको दौडमा सामेल हुनसक्ने बताएका छन् ।
पूर्व रेस्लर तथा हलिउडका एक्सन हिरो जसलाई संसार भर 'द रक' को नामले चिनिन्छ । उनले निकट भविष्यमा आफूलाई ह्वाइ हाउसको दौडमा सामेल गर्ने प्रष्ट पारेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्ट अनुसार अनुसार जोनसनलाई उनका समर्थकहरुले राजनीतिमा लाग्न आग्रह गरेसँगै आफ्नो अमेरिकाको राष्ट्रपति हुने सपनाको खुलासा गरेका हुन् ।
जोनसनले ट्विटरमा लेखेका छन्, 'म भविष्यमा राष्ट्रपति पदको दौडमा हुनेछु । निश्चितरुपमा व्हाइट हाउसमा मेरा लागि एक दिन स्थान बन्ने छ।'
द रक अहिले हलिउडमै 'बेवच' फिल्मको सुटिङमा ब्यस्त रहेका छन् । जसमा बलिउड अभिनेत्री प्रियङ्का चोपडाले पनि अभिनय गर्दैछिन् ।



0 comments
प्रतिक्रिया दिनुहोस्...