-->
कुर्सीका लागि प्रधानमन्त्री बनेको होइनः ओली
Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले आफू कुर्सीका लागि प्रम नबनेको बताएका छन् ।
रिपोर्टर्स क्लबद्वारा घोषणा गरिएको पत्रकारहरुको पुरस्कार हस्तान्तरण कार्यक्रममा बुधबार बोल्दै ओलीले आफू देशमा रहेको असहज अवस्था सहज बनाउन प्रम भएको बताएका हुन् ।
‘म प्रम हुनुभन्दा तीन हप्तअघिदेखि नेपालमा भएको भारतीय नाकाबन्दीले असहज भएको परिस्थितलिाई सहजा बनाउन आएको हुँ’, उनले भने, ‘त्यस अनुसार मैले भारत र चीनको भ्रमण गरेर परिस्थितिलार्य सामान्य गर्न सफल भएको छु ।’
दुई देशको भ्रमणपछि देश सामान्य अवस्थामा फर्किसकेकाले अब बैशाखबाट देशले विकासको गति पक्रने ओलीको भनाइ थियो ।
‘दुई देशको भ्रमणले उपलब्धी भएको छ । बैशाखबाटै फास्ट्रयाकमा विकास काम हुन्छन्’, उनले भने, ‘दुई वार्षमा धुन्चे–पोखारा–लुम्बिनी सडक विस्तार, पूर्व–पश्चिम राजमार्ग विस्तारसहितका कामले तीब्रता पाउँछन् ।’
आफू प्रधानमन्त्री भएको नतिजा अहिले नदेखिने पनि प्रम ओलीले जिकिर गरे । ‘बैशाखबाट देशमा तीब्रगतिमा विकास हुन्छ । बाटोसहितका पूर्वाधार बनेपछि म प्रधानमन्त्री भएको नतिजा दुई वर्षपछि देख्नुहुन्छ ।’
प्रम ओलीले कर्मचारीवृत्तमा रहेको ढिलासुस्ती र फाइल घुमाउने प्रवृत्तिप्रति आक्रोश पोख्दै जनताको काम नअल्झाउन आग्रह गरे ।
‘फाइल घुमाउने प्रवृत्ति राम्रो होइन । जनताको काम गर्नेलाई पुरस्कार दिन्छौं’, उनले भने, ‘भ्रष्टलाईहरुलाई मौका दिँदैनौ, कुनै हालतमा छाड्दैनौं ।’
सोही कार्यक्रममा बोल्दै सभामुख ओनसरी घर्तीले कनै पनि हालतमा नयाँ संविधाानको कार्यान्वयनमा एकजुट हुनुपर्ने बताइन् ।
उनले मुलुकालाई एकताको अभियानमा अघि बढाउन सबै जुट्नुपर्नेमा पनि जोड दिइन् ।
- अन्नपूर्ण पोस्ट्


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.