काठमाडौं, १७ चैत । राष्ट्रकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा समाजिक सञ्जाल फेसबुक निधेष गरिएको छ ।
बुधबारदेखि लागुहुने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विहान ९ बजेदेखि साँझ ५ बजेसम्म सिंहदरबारभित्रका कार्यालयको कम्प्युटरहरुमा फेसबुक नचल्ने बनाएको हो ।
कार्यालयका प्रवक्ता विनोद कुँवरले कार्यालय समयमा कार्यालयको कम्प्युटरमा फेसबुक नचल्ने बनाइएको जानकारी दिए ।
उनले भने– ‘कार्यालय समयमा कर्मचारीहरुले फेसबुक चलाएर बस्ने र काम नगर्दा नियमित कामहरु प्रभावित भएको गुनासो आएपछि यस्तो कदम चालिएको हो ।’



0 comments
प्रतिक्रिया दिनुहोस्...