-->
उत्तर कोरियाले गर्यो अमेरिकाको राजधानी नष्ट !
Advertisement

चैत १४ – उत्तर कोरियाले अमेरिकाको राजधानी वासिङटन डिसीमा परमाणु आक्रमण गरेको छ । तर यो वास्तविक भने होइन । उत्तर कोरियाले एक एनिमेटेड भिडियो जारी गरेको छ, जसमा मिसाइल आक्रमण मार्फत अमेरिकाको राजधानी वासिङटन डिसी नष्ट गरेको देखाइएको छ ।
उत्तर र दक्षिण कोरियाले एक अर्का विरुद्ध प्रचार प्रसार गर्ने अभियानको क्रममा उत्तर कोरियाले यस्तो एनिमेटेड भिडियो बनाएको हो । एनिमेटेड भिडियोमा परमाणु हतियार पानी जहाजबाट प्रहार गरेको देखाइएको छ । परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियाको अमेरिका तथा दक्षिण कोरियासँगको सम्बन्ध तनावमा छ । उत्तर कोरियाले गएको जनवरीमा परमाणु परीक्षणका साथै लामो दूरीमा मार हान्न सक्ने रकेट प्रक्षेपण गरेको थियो । त्यसपछि संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि २० वर्ष यताकै सबैभन्दा कडा प्रतिबन्ध लगाएको छ ।
उत्तर कोरियाको दक्षिणी सीमा नजिक दक्षिण कोरिया तथा अमेरिकाका सेनाले संयुक्त सैन्य अभ्यास गरिरहेका छन् । यसप्रति उत्तर कोरियाले असन्तोष व्यक्त गर्दै आएको छ ।
– एजेन्सीको सहयोगमा


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.